झाँक्रीलाई अविलम्ब रिहा गर्न प्रचण्ड-माधव समुहकाे माग – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

झाँक्रीलाई अविलम्ब रिहा गर्न प्रचण्ड-माधव समुहकाे माग

फाइल फाेटाे

नयाँ विकल्प

काठमाडाैं-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विघटित प्रतिनिधिसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ ।

झाँक्रीले राज्यविरुद्धको अपराध गरेको जनाउँदै प्रहरीले आज अपराह्न उहाँको निवासबाटै पक्राउ गरेको थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने बताएका छन् । उनले राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसूर देख्नु स्वेच्छाचारिता भएको टिप्पणी गरे ।

झाँक्रीको गिरफ्तारीले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले देशका विभिन्न स्थानमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा झाँक्रीले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएकाे आराेपमा राज्य विरूद्वकाे कशुर अनतर्गत प्रहरीले पक्राउ गरेकाे छ ।

सम्बन्धित समाचार

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ माघ २९, १५: १३

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ माघ २९, १५: १३

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
  • २०७७ माघ २९, १५: १३

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...