विश्वकप लिग-२ : नेपाल, अमेरिका र ओमानबीचको एकदिवसीय सिरिज स्थगित – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

विश्वकप लिग-२ : नेपाल, अमेरिका र ओमानबीचको एकदिवसीय सिरिज स्थगित

नयाँ विकल्प
काठमाडाैं-काेरोना भाइरसका कारण प्रभावित भएको आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज फेरि स्थगित भएको छ।

यसअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी १९ देखि २८ मार्चसम्म ओमानमा सिरिज गर्ने तय गरेको थियो। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कोभिड-१९ को प्रभाव, लामो क्वारेन्टिनको प्रावधान र विभिन्न देशको भ्रमण प्रतिबन्धका कारण सिरिज स्थगित भएको हो। नेपाल, अमेरिका र ओमानबीचको सिरिजसँगै पिएनजी, स्कटल्यान्ड र ओमानबीच अप्रिलमा हुने सिरिज तथा पिएनजी, अमेरिका र नामिबियाबीच मेमा हुने सिरिज पनि स्थगित भएको छ।

यसअघि ओमानले सिरिजअघि खेलाडीहरूलाई क्वारेन्टिनमा राख्ने खर्च नबेहोर्ने बताएपछि नेपालले खेल्ने सिरिज अन्योलमा परेको थियो। कोभिड-१९ प्रोटोकलअनुसार दोस्रो देशबाट ओमान पुग्ने सबैले ७ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्छ। नेपाल र अमेरिकाको टिम ओमानमा बस्दा लाग्ने खर्च बेहोर्न आफू तयार नभएको ओमानले आइसिसीलाई बताएको थियो।

सिरिजका लागि नेपालले गत शनिबारदेखि अभ्यास सुरु गरेको थियो। प्रधानमन्त्री कपमा गरेको प्रदर्शनको आधारमा नेपाल क्रिकेट संघ (क्यान) ले ३२ जना खेलाडीको नाम सार्वजनिक गरेको थियो। सुरुआती चरणमा भने २१ खेलाडी अभ्यासमा सहभागी थियो। नेपालले पहिलो चरणको तयारी सकेको छ। अब दोस्रो चरणको तयारी सुरु हुनेछ।

यो सिरिजपछि जुलाईमा नेपालले स्कटल्यान्डमा अर्को सिरिज खेल्ने तय छ। सो सिरिजमा नेपालसहित स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ। लिग–२ मा नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन्। एक सिरिजमा ६ एकदिवसीय खेल हुनेछन् भने एक टिमले चार खेल खेल्नेछ। प्रत्येक टिमले लिग-२ का सबै खेल गरी ३६ वटा खेल खेल्नेछ। एक टिमले ९ वटा सिरिजमा प्रतिस्पर्धा गर्नेछन्।

जसमा नेपालले एक सिरिज खेलको छ भने बाँकी ८ वटा सिरिज २०२३ को फेब्रुअरीसम्ममा खेल्नेछ। ३६ एकदिवसीय खेल मध्ये नेपालले ४ खेल खेल्दा अझै ३२ खेल खेल्न बाँकी छ। लिग-२ मा १० खेल खेलिसकेको ओमान १६ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको अमेरिकाको १२ खेलबाट १२ अंक छ।तेस्रो स्थानको स्कटल्यान्डको ८ खेलबाट ९ अंक, चौथो स्थानको नामिबियाको ७ खेलबाट ८ अंक, पाँचौ स्थानको युएईको ७ खेलबाट ७ अंक र छैटौं स्थानको नेपालको ४ खेलबाट ४ अंक छ। सातौं स्थानको पपुवा न्युगिनीले ८ खेलबाट अंक जोड्न सकेको छैन।

लिग-२ मा नेपालको खेल तालिका

• ओमान, अमेरिका र नेपाल – आगामी १९ देखि २८ मार्च – ओमानमा (स्थगित)

• स्कटल्यान्ड, नेपाल र नामिबिया – आगामी जुलाईमा – स्कटल्यान्डमा

• नेपाल, युएई र पपुवा न्युगिनी- फेब्रुअरी २०२२- नेपालमा

• नामिबिया, स्कटल्यान्ड र नेपाल – २०२२ को २५ मार्चदेखि ५ अप्रिलसम्म – नामिबियामा

• अमेरिका, नेपाल र ओमान – जुलाई २०२२- अमेरिकामा

• पपुवा न्युगिन, युएई र नेपाल – २०२२ को २२ सेम्टेम्बर देखि २ अक्टोबरसम्म – पपुवा न्युगिनीमा

• नेपाल, नामिबिया र स्टकल्यान्ड- २०२३ को फेब्रुअरीमा- नेपालमा

• युएई, पपुवा न्युगिनी र नेपाल – २०२३ को फेब्रुअरीमा- युएईमा

सम्बन्धित समाचार

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०७७ माघ ३०, १२: ३८

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
  • २०७७ माघ ३०, १२: ३८

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...

विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
  • २०७७ माघ ३०, १२: ३८

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...