बाह्रवर्षे मकर मेला : त्रिवेणीघाट र आसपासका खोला सरसफाइ – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

बाह्रवर्षे मकर मेला : त्रिवेणीघाट र आसपासका खोला सरसफाइ

नयाँ विकल्प

बनेपा दैनिकरुपमा घर तथा सार्वजनिकस्थलमा उचित व्यवस्थापन गर्न नसक्दा वर्षांैदेखि बढ्दै गएको फोहरका कारण अस्तब्यस्त बन्दै गएको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ७ स्थित ऐतिहासिक तथा धार्मिकस्थल त्रिवेणीघाट र आसपासका रोशी खोला तथा पुण्यमाता खोलाको सरसफाइ थालनी गरिएको छ । पनौतीमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल त्रिवेणीघाट र गोरखनाथमा बाह्र वर्षमा लाग्ने मकर मेलालाई लक्षित गरी यहाँ आउने श्रद्धालु भक्तजन र आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि नागरिक अभियानकर्मीले नगरपालिका र वडा नं ७ कार्यालयको समन्वयमा सरसफाइ अभियानको थालनी गरेका हुन् ।

सोही मेलालाई लक्षित गरी अहिलेदेखि नै नगरपालिकाभित्र रहेका विभिन्न सङ्घसंस्था, नागरिक समाजको अगुवाइ तथा स्थानीय बासिन्दाले ‘पनौती त्रिवेणी सरसफाइ नागरिक अभियान’ कार्यक्रमको शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा वाग्मती सरसफाइ अभियानर्की किशोरसिं शाहीले वाग्मती नदीमा सरसफाइ अभियान थालनी गर्दा पनि निकै कठिनका साथ गरेर अहिले यो स्थितिमा आइपुगेको उल्लेख गर्दै शुरुमा थालनी गर्दा आत्तिन नहुने बताए ।

पनौतीका नगर प्रमुख भीम न्यौपानेले आफ्नो बासस्थान र कार्यस्थान वरिपरि सदैव सफा राख्छु भन्ने प्रतिबद्धता व्यक्त गर्न लगाउँदै अभियानमा सहभागी हुन सबैलाई आग्रह गरे । पुण्यमातामा आफूहरुले फोहर गरेको भए पनि त्यसको शिरबाट नै फोहर गरेर पठाउने भएको हुनाले त्यसको रोकावटको निमित्त बनेपा नगरपालिकासँग कुरा भइरहेको प्रमुख न्यौपानेले बताए ।

आगामी २०७८ सालमा सो मेला लाग्ने छ । त्रिवेणीघाटमा नुहाई त्यहाँको जल उत्तरपट्टी रहेको अग्लो डाँडामा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने जनविश्वास रहेको पाइन्छ । राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्दा पनौती त्रिवेणीघाटको जल ल्याइराखेको कुरा यहाँस्थित शिलालेखमा उल्लेख छ ।

सम्बन्धित समाचार

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ फाल्गुन २, १५: १७

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ फाल्गुन २, १५: १७

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
  • २०७७ फाल्गुन २, १५: १७

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...