मदनराज गुरुङ स्मृति कप फुटसलको उपाधि बाह्रदशीलाई – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

मदनराज गुरुङ स्मृति कप फुटसलको उपाधि बाह्रदशीलाई


काठमाडौं । नेपाली कांग्रेस झापा — काठमाडौं सम्पर्क समिति क्षेत्र नं ३ ले आयोजना गरेको मदनराज गुरुङ स्मृति कप फुटसल प्रतियोगिताको उपाधि झापाको बाह्रदशीले जितेको छ ।

एक दिवसिय सो प्रतियोगितामा झापाको क्षेत्र नं ३ मा पर्ने भद्रपुर नगरपालिका, कचनकबल, हल्दीबारी र बाह्रदशी गाउँपालिका टिमबीच प्रतिष्पर्धा भएको थियो । कांग्रेस क्षेत्र नं ३ का क्षेत्रिय सभापति मदनराज गुरुङको स्मृतिमा आयोजना गरिएको सो प्रतियोगिताको पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले शुभारम्भ गरेका थिए ।

प्रतियोगिता शुरुआत गर्दै बिशेष अतिथि नेपाली रास्ट्रिय फुटबल टिमका पूर्ब कप्तान हरि खडका, एन्फा उपाध्यक्ष पंकज नेम्बाङ, पूर्ब राष्ट्रिय खेलाडी गम्भिर राई, राष्ट्रिय खेलाडी रेजिन सुब्बा लागायतले खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकता र प्रोत्साहन दिएमा नेपालीले आफ्नो क्षमता विश्व जगतमा देखाउन सक्ने भन्दै प्रतियोगिताका सहभागी टिम र खेलाडीलाई शुभकामना दिएका थिए ।

खेलकुदको माध्यमबाट व्यत्तित्व विकास गर्न र एक आपसमा सहयोग र एकताको सन्देश दिनको लागि झापाको क्षेत्र नं ३ स्थायी घर भई राजधानी उपत्यकामा विभिन्न पेशा र व्यवसायमा संलग्न युवाहरुलाई फुटबल प्रतियोगितामा सहभागिता गराइएको सम्पर्क समितिका अध्यक्ष भुपेन्द्र सिटौलाले बताए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७७ फाल्गुन २२, २०: २३

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ फाल्गुन २२, २०: २३

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ फाल्गुन २२, २०: २३

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...