खुलामञ्चमा रहेकाे बसपार्क एक हप्तामा हट्ने – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

खुलामञ्चमा रहेकाे बसपार्क एक हप्तामा हट्ने


नयाँ विकल्प,


काठमाडाैं- पुरानाे बसपार्कमा भ्यू टावर बनाउने भएपछि खुलामञ्चमा सरेकाे बसपार्क एक हप्ताभित्रै सर्ने भएको छ ।

राजनीतिक गतिविधि हुने स्थान खुलामञ्च अतिक्रमण गरेर बसपार्क राखेको भन्दै महानगरपालिकाकाे चाैतर्फी आलोचना भइरहेकाे थियाे । खुलामञ्च खाली गरिएसंगै साे स्थानबाट छुटने र भित्रिने सार्वजनीक सवारीसाधनलाई रत्नपार्कबाट ‘पिक एन्ड ड्रप’ हुने छ ।

खुलामञ्चबाट छुटने गरेका लामाे, छाेटाे दूरीका सार्वजनिक यातायात अबदेखि नयाँ बसपार्क, काटेश्वरबाट छुटने ब्यावस्था मिलाइने भएकाे छ । एक हप्ताभित्रै खुलामञ्च सार्वजनिक कार्यक्रम गर्न मिल्ने गरि खुलामञ्चका पुरानै अबस्थामा फर्काउन लागिएकाे हाे ।

उक्त स्थानमा अहिले वीर अस्पतालको भवन निर्माणका क्रममा ठेकदारले बनाएको संरचना पनि हटाइनेछ ।खुलामञ्चमा रहेकाे अस्थायी बसपार्कबाट काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, खोटाङ, ओखलढुंगा लगायतका क्षेत्रमा जाने बसहरु लगायत उपत्यकाका तिन जिल्लामा चल्ने सवारी साधन छुटने गरेका थिए ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७७ चैत्र ३०, १५: १८

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७७ चैत्र ३०, १५: १८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७७ चैत्र ३०, १५: १८

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...