दुश्मन घोषणा गरेर विरोध गर्ने चेतावनी – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

दुश्मन घोषणा गरेर विरोध गर्ने चेतावनी

काठमाडौं । भारतीय सांसद् कीर्ति आजादको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति प्रकट गरेको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले आजादलाई नेपालको दुश्मन घोषणा गरी विरोध गर्ने चेतावनी समेत दिए ।

आजादले शुक्रबार जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मिथिला क्षेत्र भारतको भएकाले फर्काउन भनेका थिए । मिथिला क्षेत्र नेपाल–अंग्रेजबीच सन्धि गरेर २ सय वर्षका लागि नेपाललाई दिइएको र त्यो समय सकिएकाले अब भारतले नै फिर्ता लिनुपर्ने उनले भनेका थिए ।

आजादको यस्तो अभिव्यक्ति सार्वजनिक भएसँगै निधिले एक ट्वीट गर्दै यसप्रति कडा आपत्ति जनाएका हुन् । ‘जनकपुरलाई भारतमा मिलाउनु पर्छ भन्ने कीर्ति आजाद नामको भारतीय सांसदलाई जनकपुर, २ नं प्रदेश, मधेश र नेपाल देशको दुश्मन घोषणा गरी विरोध गरौं’, निधिले ट्वीट गर्दै भनेका छन्, ‘त्यो सोच दुवै देशको अखण्डताका लागि खतरा हो ।’ मोदी र ओली दुवै सरकारले तुरन्त आवश्यक कार्यबाही गरेर सार्वजनिक गरोस । नत्र हामी बर्दास्त गर्दैनौ भन्दै निधिले आपत्ति प्रकट गरेका हुन् ।’ निधिले भने ।

सम्बन्धित समाचार

नेपालमा बाघको संख्या ४२९
नेपालमा बाघको संख्या ४२९
  • २०७५ बैशाख ३१, ०७: ५१

काठमाडौं : पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण...

राजनीतिक दलहरूको संयुक्त अपिल- शान्ति र सद्‍भाव कायम राखाैं
राजनीतिक दलहरूको संयुक्त अपिल- शान्ति र सद्‍भाव कायम राखाैं
  • २०७५ बैशाख ३१, ०७: ५१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले देशमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम...

कोहलपुरमा सेप्टिक ट्यांकीमा निसास्सिँदा ३ जनाको मृत्यु
कोहलपुरमा सेप्टिक ट्यांकीमा निसास्सिँदा ३ जनाको मृत्यु
  • २०७५ बैशाख ३१, ०७: ५१

​​​​​​​ काठमाडौं : बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्यांकीभित्र काम गर्ने क्रममा निसास्सिएर ३ जना मजदुरको ज्यान गएको छ । जिल्ला...