भारतमा काेराेना संक्रमण तिव्र गतिमा फैलियाे , एकैदिन झण्डै ३ लाख संक्रमित, २ हजार बढीको मृत्यु – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

भारतमा काेराेना संक्रमण तिव्र गतिमा फैलियाे , एकैदिन झण्डै ३ लाख संक्रमित, २ हजार बढीको मृत्यु


नयाँ विकल्प,


एजेन्सी -भारतमा मंगलबार एकैदिन झन्डै ३ लाख मानिसमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार भारतभरि २ लाख ९४ हजार २ सय ९१ मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको हो। भारतमा पहिलो लहर सबैभन्दा धेरै दैनिक संक्रमण ९८ हजारमात्र थियो।

संसारमा कुनै पनि मुलुकमा एकैदिन यति धेरै संक्रमित थपिएको यो दोस्रो घटना हो।यसअघि संयुक्त राज्य अमेरिकामा गत जनवरी ८ मा एकैदिन ३ लाख ७ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको थियो।

भारतमा संक्रमितको संख्या थपिएसँगै दैनिक मृत्यु हुनेको संख्यामा पनि नयाँ रेकर्ड बनेको छ। मंगलबार एकैदिन भारतभर २ हजार २१ जना संक्रमितले ज्यान गुमाएका छन् ।

कोरोनाभाइरस फैलिन थालेपछि भारतमा दैनिक यति धेरै संक्रमितको मृत्यु भएको यो पहिलो पटक हो। भारतमा अहिले १ सय जनालाई परीक्षण गर्दा १९ जनामा कोरोना पोजेटिभ देखिने गरेको छ।

महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तरप्रदेशलगायत राज्यमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ। यसैबीच मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको महामारी रोक्न लकडाउन अन्तिम अस्त्र भएकाले लकडाउन हुन नदिने अरू उपायहरू अपनाउनु पर्ने बताएका थिए।

उनले नागरिकहरूलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका थिए। भारतमा अहिलेसम्म १ करोड ५६ लाख मानिसमा कोरोना संक्रमण भएको छ भने १ लाख ८२ हजार संक्रमितको ज्यान गएको छ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ बैशाख ८, ०८: २५

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७८ बैशाख ८, ०८: २५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७८ बैशाख ८, ०८: २५

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...