
नयाँ विकल्प,
बुटबल – पार्टीकाे कारवाहीमा परि प्रदेश सभा सदस्य पद गुमाएका जनता समाजवादी पार्टीकाे चार जना सांसद उक्त कारवाही विरूद्व सर्वाेच्चमा जाने भएका छन् ।
जसपा पार्टीकाे औंपचारीक निर्णय विना नै लुम्बिनी प्रदेश सरकामा मन्त्री जसपाका सांसदहरू सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादप पक्षले कारवाही गरि सांसदबाट निलम्बन गरिसकेकाे छ ।
पार्टीको कुनै आधिकारिक निर्णयबिना आफूहरूलाई प्रदेश सभा सचिवालयले पदमुक्त गरेको भन्दै त्यसविरूद्ध सर्वोच्च अदालतमा जाने उनीहरूले बताएका छन् ।
प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गरी जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको र सोही अनुरूप चार जना सांसदलाई पदमुक्त गरिएको उल्लेख छ।
जसपा अर्का अध्यक्ष महन्थ ठाकुरले कारवाहीमा परेका चारैजनालाइ थमाैति दिनेगरि अर्काे वक्तब्य जारी गरेका छन् । यधपी उनीहरू चारै जना पदमुक्त भइसकेकाे सुचना लुम्बिनी प्रदेश सभाले जारि गरिसकेकाे छ । त्यस विरूद्व उनीहरू कानुनी उपचारकालागि सर्वाेच्च अदालत जाने भएका हुन् ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...