
नयाँ बिकल्प,
काठमाडौं । सरकारलाई २०७६ र २०७७ सालको वरिष्ठ पत्रकार सम्मान एवं राष्ट्रिय पत्रकारिता पुरस्कारको शुक्रबार घोषणा गरेका छन् ।
छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले २०७६ को वरिष्ठ पत्रकार सम्मान वरिष्ठ पत्रकारहरु सुकदेव नेपाल (अग्नि शिखा) (मरणोपरान्त), काठमाडौं र हर्ष सुब्बा सुनसरीलाई प्रदान गरिने घोषणा गरेका हुन् ।
२०७७ को वरिष्ठ पत्रकार सम्मान रघु मैनाली काठमाडौं र श्री शार्दुल भट्टराई काठमाडौंलाई, २०७६ को राष्ट्रिय पत्रकारिता पुरस्कारका इन्द्रमान बुढा (उजिर मगर)बाग्लुङ्ग, मात्रिका पौडेल रामेछाप, संगीता खड्का काठमाडौ, शेषराज दाहाल सिन्धुली, हेमन्तबहादुर बिक बाँके र शीतल साह धनुषालाई प्रदान गर्ने घोषणा गरिएको छ ।
२०७७ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार दिलिपकुमार थापा मगर भक्तपुर, दिपेन न्यौपाने मोरङ्ग, दुर्गाप्रसाद शर्मा पर्वत, शुरोजंग पाण्डे दोलखा, नितु पण्डित नुवाकोट र पूनम पौडेल ललितपुरलाई प्रदान गरिने भएको छ ।
२०७६ र २०७७ को सम्मान र पुरस्कारको नाम सिफारिस गर्न सरकारले सञ्चार सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष गोपाल बुढाथोकी, नेपाल पत्रकार महासंघका तत्कालिन अध्यक्ष गोविन्द आचार्य, विज्ञ सदस्य तीर्थ कोइराला, राजेन्द्र मानन्धर, डा. समिक्षा कोइराला तथा सहसचिव शोभाकान्त पौडेल सदस्य सचिव रहेको समिति गठन भएको थियो।
गोरखापत्रको शुभारम्भ भएको ऐतिहासिक दिनको सम्झनामा मनाइने राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा संचार मन्त्री गुरुङले श्रमजिवी पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, पत्रकार कल्याण कोषको परिचालन लगायत लोककल्याणकारी विज्ञापन र अनुदान सहायता मार्फत आमसञ्चार क्षेत्रको समस्या सम्वोधन गरिने बताए ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...