
नयाँ विकल्प,
काठमाडाैैं- नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) एमाले माघव नेपाल- झलनाथ खनाल पक्षकाे स्थायी कमिटी बस्दै छ ।
स्थायी कमिटीमा केही सांसदहरूले सामूहिक राजीनामा दिनेलगायत समसायमिक राजनीतिक विषयमा छलफल हुने बताइएकाे छ ।
नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासकाे मत लिने अघिल्लाे दिन बस्न लागेकाे हाे ।
स्थायी कमिटी बैठक बस्ने भए पनि समय टुंगो लागिसकेकाे छैन् । स्थायी कमिटी बैठक ‘भर्चुअल बैठक गर्ने कि भन्ने पनि विषयमा समेत छलफल भैइरहेकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्।
ओलीलाई विश्वासको मत पुग्न नदिने र वैकल्पिक सरकार बनाउन सहज वातावरण बनाउने उद्देश्य खनाल-नेपाल समूहका कम्तीमा २० जना सांसदले सामूहिक राजीनामा दिने तयारी भइरहेको छ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने भएको...
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...