
नयाँ विकल्प
काठमाडाैं- नेपाल कम्युनिष्ट आन्दाेलनका शिखर पुरूष मदन भण्डारी तथा जिवन आश्रितकाे चितवन स्थित दासढुङ्गामा कार दुर्घटनामा मत्यु भएकाे २८ बर्ष पुरा भयाे ।
नेकपा एमालेका तत्कालिन महासचिव भण्डारीकाे मृत्यु नभई हत्या भएकाे एमाले पार्टीकाे दावी छ । आम सर्वसाधारणकाे बुझाइमा पनि मदन भण्डारीकाे दुर्घटना नभई सुनियाेजित हत्या भएकाे बुझाइ छ ।
तर विडम्बना नेपालकाे इतिहासमा सबैभन्दा बलियाे दुई तिहाइ नजिककाे एमालेकै सरकार र मदन भण्डारीकै श्रीमती नेपालकाे पहिलाे महिला राष्ट्रपति बनेकाे बेला समेत याे रहस्यमय घटनाकाे फाईल खुलेन ।
३ जेठ २०५० मा रहस्यमय घटनामा मृत्यु भएका आफ्ना नेताकाे नाममा एमालेले मदन भण्डारीकाे सालिकमा फुलमाला चढाउने बाहेक औपचारिकता पुरा गर्न भने सकेकाे छैन् ।
महाकाली सन्धीका कट्टर विराेधी भण्डारीलाई कसैले विदेशी शक्तिले सुनुयाेजित हत्या गरेकाे आराेप लगाउँछन् भने कसैले दुर्घटनाबाटै मृत्यु भएकाे जिकिर गर्छन् । तर आजका मितिसम्म पनि हत्यारा फलानो हो या यो-यो शक्ति नै हुन् भनेर किटेर भन्नसक्ने प्रमाण फेला पार्न सकिएकाे छैन् ।
आम नेपाली जनतालाई लाग्छ- त्यो अवसान एउटा भयानक डिजाइन अन्तर्गत गरिएको हत्या हो।
मदन भण्डारी र जीवराज आश्रित सवार गाडी चलाउने ड्राइभर (अमर लामा) को हत्या हुनुले याे घटना सुनुयाेजित हाे भन्ने तर्क गरिन्छ ।
दासढुङ्गा घटनाका एकमाात्र जिवित साक्षी लामाकाे हत्यकाे पछाडि याे भयानक हत्यकाे जसरी हुन गयो त्यो पनि एउटा प्रमाण नष्ट पो हुन गएको हो कि भन्ने बुझाई छ ।
सायद लामा बचेकाे भए कुनै दिन त्यो यथार्थ बाहिर आउँथ्यो कि भन्ने आशा जीवित रहन्थ्याे । नेपालको इतिहासका भएका ठूला घटनाहरू किन रहस्यमय बन्दै गएका छन् भन्ने जिज्ञाशा आम नेपालीले पटक पटक गरिरहेका छन् ।
यी घटनाका हत्याराहरूलाई जनसमक्ष ल्याएर, दोषी ठहर गरेर, उसलाई कारबाही गरेर फेरि ठूल्ठूला राजनीतिक हत्या-प्रतिहत्याका घटनाहरू रोक्ने प्रयास नहुनु दुर्भाग्य पूर्ण छ ।
मदन भण्डारीले २०४६ सालको जनआन्दोलन र त्यसपछि नेकपा एमाले बन्ने प्रक्रियासम्म आफूलाई एउटा परिपक्व नेता, बिचारक र जननेताको रूपमा स्थापित गर्दै लागेका थिए ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले ठूल्ठूला धक्का खान थालेका बेला, नेपाल जस्तो देशमा कम्युनिस्ट आन्दोलनको रक्षा कसरी गर्नेभन्ने बारेमा आफ्नो गतिशील बुझाइ र सृजनशील मानसिकतासहित उनले शान्तिपूर्ण र प्रतिस्पर्धाको माध्यमबाट आफूलाई खरो उतार्ने र त्यसको निम्ति जनताको बहुदलीय जनवाद (जबज) लाई कार्यक्रमको रूपमा अगाडि सार्ने र कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन भण्डारीकाे महत्वपूर्ण याेदान रहेकाे थियाे ।
देशकाल परिस्थिति अनुसार आफूलाई बदल्न पनि तयार हुने , नीति, योजना र कार्यक्रमलाई विकसित गर्न र समय अनुकुल बदल्न सक्ने नेताका रूपमा भण्डारीलाइ लिने गरिन्छ । यसकारण मदन भण्डारीलाइ एमाले मात्र हैन सबै पार्टीले श्रद्धा र सम्मान ब्यक्त गर्छन् ।
साेमबार २८ औं मदन-आश्रित स्मृति दिवसकाे अवसरमा एमाले नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा भेला भएर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु सुभाष नेम्वाङ, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायत सहभागी थिए ।
विगतमा एमालेले मदन–आश्रित स्मृति दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्थ्यो । यसपटक भने कोरोना भाइरस संक्रमणको महामारीका कारण सीमित संख्यामा भेला भएर एमालेले स्मृति दिवस मनाएको छ ।
२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको मृत्यु भएको थियो ।
एमालेले बल्खुस्थित पार्टी कार्यालय रहेको क्षेत्रलाई मदन भण्डारीको नामबाट ‘मदन नगर’ नामाकरण गरेको छ । बल्खुस्थित एमाले केन्द्रीय कार्यालयको रातो भवन २०७२ सालको भूकम्पले क्षति पुगेको छ ।
सो स्थानमा नयाँ अत्याधुनिक पार्टी कार्यालय निर्माणको प्रक्रिया अघि बढाइएको छ । हाल एमालेले बबरमहलस्थित भाडाको एक घरबाट केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको छ ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...