उपत्यकामा अबका दुई महिना १२ दिनसम्म बिराएर पानी छाडिने – Naya Bikalpa
November 16, 2026, Monday      Epaper
सुरुङ मर्मतका कारण असार र साउनमा मेलम्चीको पानी बन्द

उपत्यकामा अबका दुई महिना १२ दिनसम्म बिराएर पानी छाडिने


नयाँ बिकल्प,
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको सुरुङ खाली गर्नु पर्ने भन्दै कम्तीमा दुई महिना असार र साउनमा मेलम्चीको पानी वितरण बन्द गरिने जनाएको छ।

मेलम्चीको पानी आउन बन्द भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले उपत्यकामा खानेपानी वितरणको तालिका फेरेर कतिपय स्थानमा २ दिन र कतिपय स्थानमा १२ दिन बिराएर मात्र पानी वितरण गर्ने जनाएको छ।

केयुकेएलले सोमबार सरकारी दैनिक गोरखा पत्रमा सार्वजनिक सूचना गारी गर्दै मेलम्चीको सुरुङको दुई महिना कम्तीमा खाली गर्नु पर्ने भएकाले मेलम्चीबाट वितरण हुने १७ करोड लिटर पानी नपुगे हुने भएकाले वितरणमा तालिका हेरफेर गरेको जनाएको हो।

केयूकेएलले चैत १५ गतेदेखि वितरण सुरु गरेको मेलम्चीको पानी आज सोमबारसम्म मात्र वितरण हुने भएको छ। जसले गर्दा मंगलबारदेखि १० वटा पानीपोखरीमार्फत पानी वितरण गर्ने कार्यतालिका फेरबदल भएको छ।

असारदेखि साउन मसान्त दुई महिनासम्म सबैभन्दा बढी पानीको अभाव ललितपुर महानगरपालिकाका बासिन्दाले भोग्ने भएका छन्। ललितपुरको सैंबु पानीपोखरीबाट ललितपुर, सानेपा, मंगलबजार र कुपण्डोल क्षेत्रमा प्रत्येक १२ दिन बिराएर मात्र वितरण गरिने भएको छ।

बालाजु पानीपोखरी वितरण केन्द्रबाट प्रत्येक ९ दिन बिराएर एराहिटी, बनस्थली, चमती, स्वयंम्भु, बाफल, ताहाचल, नयाँबजार, सोह्रखुट्टे र पकनाजोलमा पानी वितरण हुने भएको छ।

महाँकालचौर पानी पोखरीबाट पुरानो वानेश्वर, सिनामंगल, मैतिदेवी, सिफल कालोपुल बिसालनगर, मित्रपार्क, हाडिगाउँ र मालिगाउँमा, मिनभवन पानीपोखरीबाट बानेश्वर, बुद्धनगर, संखमुल, थापागाउँ र कुरिया गाउँमा प्रत्येक सात दिनमा पानी बितरणको तालिका सार्वजनिक भएको छ।

अनामनगर पानीपोखरीबाट अनामनगर न्युरोड, मरु र लगन क्षेत्रमा र भक्तपुरको ठिमी बोडे पानीपोखरीबाट ठिमी र बोडेमा सात दिन बिराएर पानी वितरण हुने भएको छ।

वाँसबारी पानीपोखरीबाट प्रत्येक ५ दिन बिराएर महाराजगञ्ज, बसुन्धारा, बालुवाटार र पानीपोखरीमा तथा पानीपोखरी वितरण केन्द्रबाट पाँच दिन विराएर लाजिम्पाट, गैरीधारा, रानीबारी र नर्सरी चौकमा पानी वितरण हुने भएको छ।

कीर्तिपुर पानीपोखरीबाट भने पत्येक २ दिन बिराएर भाजाङ्गाल, पांगा, चिलन्चो, उमामहेश्वर, देवढोका र त्याङ्लामा तथा भक्तपुर वितरण केन्द्रबाट प्रत्येक चार दिन बिराएर भक्तुिर, सल्लाहघारी र सूर्यबिनायक क्षेत्रमा पानी वितरण हुने भएको छ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ जेष्ठ ३१, १५: ४४

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७८ जेष्ठ ३१, १५: ४४

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७८ जेष्ठ ३१, १५: ४४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...