कृष्णगोपाल श्रेष्ठ मन्त्री पदमा बस्न अयोग्यः विवेकशील साझा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

कृष्णगोपाल श्रेष्ठ मन्त्री पदमा बस्न अयोग्यः विवेकशील साझा


नयाँ विकल्प,


काठमाडाैं- विवेकशील साझा पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले दण्डहीनतालाई प्रश्रय दिएकाे भन्दै पदमा बसिरहन अयोग्य भएको ।


जनाएकाे छ । घरभाडा दिने विषयमा जातीय विभेदकाे आराेमा पक्राउ परेकी बबरमहलकी घरबेटीलाई छुटाउन मन्त्री श्रेष्ठ बुधबार प्रहरी कार्यालय नै पुगेका थिए।

‘जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई जमानतमा छुटाउन संघीय सरकारका मन्त्री प्रहरी कार्यालय गएको र जसका कारण अनुसन्धान नै प्रभावित भएको भनी सार्वजनिक विवरणहरूप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। ’

आज विवेकशील साझाले निकालेको विज्ञप्तिमा उल्लेख छ। मन्त्री श्रेष्ठले अनुसन्धान नै प्रभावित पारेको स्वीकार्य हुन नसक्ने उक्त पार्टीले बताएको छ।

‘आरोपित व्यक्तिले जातीय विभेद गरे नगरेको निष्पक्ष छानबिन हुने सुनिश्चित गर्दै सरकार स्वयं वादी भएर मुद्दा लड्नुपर्नेमा मन्त्री कृष्णगोपाल श्रेष्ठ उल्टै झन्डावाल गाडीमा प्रहरीकहाँ पुगेर अनुसन्धान प्रभावित पार्नु कदापि स्वीकार्य हुन सक्दैन,’ प्रवक्ता शरदराज पाठकले निकालेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्री श्रेष्ठ पदमा बस्न नमिल्ने उनले उल्लेख गरेका छन्।

‘कानुनतः दण्डनीय र सामाजिक रूपमा पूर्णतः अस्वीकार्य जातीय विभेदसँग जोडिएको भनिएको सो घटनाको गाम्भीर्यता मनन गर्न नसक्ने र राज्यशक्तिको दुरुपयोग गर्ने मन्त्री श्रेष्ठ उक्त पद बसिरहन नैतिक रूपमा अयोग्य साबित भइसकेका छन्,’ विज्ञप्तिमा उल्लेख छ।

काठमाण्डौंमा घर भाडामा लिने-दिने प्रक्रियामा आफूमाथि जातीय विभेद भएको भनी दिइएको जाहेरीको गम्भीर र निष्पक्ष छानबिन अघि बढाउन विवेकशील साझाले सरकारसँग माग पनि गरेको छ।


‘घटनाको कानुनी निरूपणमा विश्वास गर्न तथा कुनै पनि जात र समुदाय विशेषविरुद्ध विद्वेष फैलाउने गरी अभिव्यक्ति नदिन हामी सबैलाई अपिल गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

सञ्चारकर्मी रूपा सुनारलाई थरकै आधारमा बबरमहलकी एक घरबेटीले कोठा नदिएपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन्। घरबेटी बुधबार रिहा भइसकेकी छन्। उनलाई रिहाइ गर्नका लागि मन्त्री श्रेष्ठ पुगेका थिए। श्रेष्ठले आफ्नै गाडीमा राखेर उनलाई घर छाडिदिएका थिए।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७८ असार १०, १५: ३६

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ असार १०, १५: ३६

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७८ असार १०, १५: ३६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...