
नयाँ विकल्प,
काठमाडाैं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक काेइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह छलफलमा जुटेका छन्।
कांग्रेसको १४ औं महाधिवेशन नजिकिएका बेला सभापतिमा तयारी गरिरहेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको हाे ।
छलफल केहीबेर अगाडि सूरू भएकाे हाे । उनीहरूबीच महाधिवेशनमा एक जना उम्मेदवार हुने गरी छलफललाई तीव्रता दिइरहेका छन्। यसअघि यी तीन नेताहरू उपसभापति निधिको निवासमा कुराकानी गरेका थिए।
महाधिवेशनसम्म नै छलफललाई निरन्तरता दिने त्यसबेला उनीहरूबीच सहमति थियो। आजै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि महाधिवेशन केन्द्रित बैठक राखेका छन्।
दिउँसो २ बजे उक्त बैठक हुनुअगाडि अहिले निधि, कोइराला र सिंहबीच भेटवार्ता भएको छ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...