पाैडेल पक्षकाे भेलाः सभापतिमा रामचन्द्रले किन दावी गरेनन् ? – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

पाैडेल पक्षकाे भेलाः सभापतिमा रामचन्द्रले किन दावी गरेनन् ?


नयाँ विकल्प,


काठमाडाैं- नेपाली कांग्रेसकाे संस्थापनइतर पक्षकाे भेला सकिएकाे छ ।

काठमाडाैंकाे बसुन्धरास्थित एक पार्टी प्यालेसमा शनिवार दिउँसाे बसेकाे बैठककाे मुल उदेश्य भावी सभापतिकाे उम्मेद्वार काे हुने भन्नेबार रहेपनि ठाेस निर्णय हुन सकेन् ।

सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेद्वार घाेषणा गरेपछि विषेश गरि संस्थापन इतरकाे पाैडेल पक्ष दबाबमा परेकाे छ ।

सभापति शेरबहादुर देउवा र पाैडेल पक्षका दाेस्राे बरियताका नेताहरू उपसभापति विमलेन्द्र निधि , महामन्त्री शशांक काेइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिमा दावी गरिरहेका बेला पाैडेल पक्षकाे भेलालाइ अर्थपूर्ण रूपमा हेरिएकाे थियाे ।

बसुन्धारामा पौडेलले राखेको भेलामा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, मीनेन्द्र रिजाल, सुजाता कोइराला गगन थापा , धनराज गुरूङलगायत नेता उपस्थित थिए।

बैठकमा क्रियाशील सदस्यता निष्पक्ष हुनुपर्ने बारे छलफल गरिएकाे छ। पाैडेल पक्षका दाेस्राे तहका नेताहरूले नै सभापतिमा दाबी गरेकाे अबस्थामा बरिष्ठ नेता पाैडेलले सभापतिमा दावी गरेकाे छैनन्।

पौडेलले भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित छलफल गरेका हुन्। यसअघि आजै उपसभापति विमलेन्द्र निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच पनि भेटवार्ता भएको थियो।

स्राेतका अनुसार बैठकमा वरिष्ठ नेता रामचन्द्र पाैडेलले समेत १४ औं महाधिवेशनमा सभापतिमा उम्मेद्वारी घाेषणा गर्ने तयारीमा थिए तर युवा पुस्ता नै आकांक्षी देखिएपछि पाैंडेलले आजकाे बैठकमा सभापतिकाे दाबीबाट पछाडि हटेका हुन ।

यधपी संस्थापनइतर पक्षले सभापतिकाे उम्मेद्वार काे हुने भन्नेबारे निर्णय हुन बाँकी रहेकाे जनाएकाे छ ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ असार ११, १९: २४

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०७८ असार ११, १९: २४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...

आज देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाइँदै
आज देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाइँदै
  • २०७८ असार ११, १९: २४

काठमाडौं । सूर्यदेवको आराधना, प्रकृतिप्रतिको सम्मान तथा पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित आज देशभर छठ पर्व मनाइँदैछ । चार...