नयाँ बिकल्प, काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेका सबै संवैधानिक नियुक्त खारेज गरिने बताएका छन् ।
सोमबार नागरिक समाजका अगुवा र बुद्धिजीवीहरुसँग गरेको छलफलमा सरकारका सबै असंवैधानिक काम र निर्णयहरुलाई गठबन्धनले नस्वीकार्ने अध्यक्ष प्रचण्डले बताए ।
ओली सरकार नै अवैधानिक र भ्रष्ट भएकाले उसले गरेका सबै नियुक्ति खारेज गर्नुपर्ने उनको भनाइ छ।
‘संसद पुनः स्थापना हुन्छ,’ उनले भने, ‘शेरबहादुर देउवालाई नै प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गर्छ ।’
खतराको घण्टी सकियो भनेर ढुक्क हुने अवस्था छैन तर ,संकेतहरु सकारात्मक छन् । राष्ट्रपति संस्था यति छिटो बदनाम होला भन्ने कल्पना नगरेको भन्दै अहिले त्यस्तो भएको उनले बताए ।
कार्यक्रममा प्रधानमन्त्रीको गालीगलौज सुन्न पनि लाज लाग्ने भन्दै उनका अभिव्यक्ति ओरालो तर्फ लागेको प्रचण्डको भनाइ थियो ।
ओली आफ्नो स्वार्थका लागि जस्तोसुकै सहमतिमा हस्ताक्षर गर्न पछि नपर्ने तर,कुनै पनि सम्झौता पालना नगर्ने प्रचण्डले आरोप समेत लगाए ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...