नयाँ बिकल्प, काठमाडौं- वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले संसद पुनः स्थापना भयो भने तत्काल राष्ट्रपतिलाई महाभियोग नलगाए ठुलो सङ्कट आउने चेतावनी दिएका छन् ।
सोमबार विपक्षी ५ दलले विभिन्न पेसागत क्षेत्रका बुद्धिजीवीसँग काठमाडौंमा गरेको कार्यक्रममा श्रेष्ठले सरकारको कदमको प्रतिरक्षा गर्न अदालतमा आएको जवाफमा सरकार बनाउने अधिकार राष्ट्रपतिमा रहेको दाबी गरिएको भन्दै सचेत रहन आग्रह गरेको हुन ।
उनले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव आएकाले विपक्षी गठबन्धनको भविष्य र मार्गचित्र के छ स्पष्ट पार्न आग्रह गरे ।
वरिष्ठ अधिवक्ता श्रेष्ठले यदि भोलि शेरबहादुर देउवा प्रधानमन्त्री भएको अवस्थामा विश्वासको मत लिनुपर्ने अवस्था आउँदा माधव नेपाल पक्षका सांसदले के गर्छन् भन्दै प्रश्न गरे।
यस्तै वरिष्ठ अधिवक्ता हरिहर दाहालले विपक्षी गठबन्धनले समयमा एक्सन लिन नसक्दा राजनीतिक दुर्घटना बढ्दै गएको बताएका छन् । कार्यक्रममा बोल्दै उनले पहिलो पटक संसद पुनःस्थापना भएपछि विपक्षी दलले प्रधानमन्त्री हटाउन लाग्नुपर्नेमा अल्मलिँदा राजनीतिक समस्या बढेको बताए ।
माओवादीले सरकारलाई दिएको समर्थन समयमै फिर्ता नलिनु रहस्यको विषय भएको भन्दै संसद पुनःस्थापना भएको बेला सरकार हटाउन नसक्नु कमजोरी भएको उनको भनाइ छ ।
उनले विगतका गठबन्धन पनि चीरस्थायी नबनेको बताउँदै अहिले गठबन्धन चीरस्थायी रहने आधार स्पष्ट पार्न आग्रह गरेका छन् ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...