रुपालाई जोडेर जथाभावी समाचार लेख्ने ६ अनलाईन वेब पाेर्टल बन्द गर्न काउन्सिलको पत्राचार – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

रुपालाई जोडेर जथाभावी समाचार लेख्ने ६ अनलाईन वेब पाेर्टल बन्द गर्न काउन्सिलको पत्राचार


नयाँ बिकल्प,

काठमाडौं – प्रेस काउन्सिल नेपालले रूपा सुनारविरुद्ध भ्रामक समाचार सम्प्रेषण गर्ने ६ वटा अनलाईन समाचार पोर्टलहरुलाई बन्द गराउन दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर अनुरोध गरेको छ।

सुनारले दिएको उजुरीका आधारमा ति समाचार पोर्टलहरू काउन्सिलको अभिलेखमा नदेखिएकोले तत्काल बन्द गराउन भनेको हो।

रुपा सुनारलाई आफू जातिय विभेदमा परेर कानून लडाई लडिरहेको र आरोपितमाथि अनुसन्धान तहकिकात भइरहेको बेला आफूलाई जातिय आधारमा विभेद गरी सम्मानजनक जीवनयापन गर्ने अधिकारबाट बञ्जित गरेकोले ति वेब पोर्टलहरु बन्द गराउन माग गरेकी थिइन्।

प्रेस काउन्सिल नेपालले खबरमाला, कालापानी पोष्ट, मिडियाट्वान्टीपोस्ट, ग्यालेक्सीसेभेनएक्प्रेस, आजकोनयाँ र साजामिडिया डटकमलाई नेपालभित्र प्रशारण हुन नसक्ने गरी प्रबन्ध मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरेको हो।

रूपाले गएको आइतबार आफ्नो बारेमा भ्रामक खबर प्रकाशन गरेको भन्दै ९ वटा अनलाइनविरुद्ध प्रेस काउन्सिलमा उजरी दिएकी थिइन् । तीमध्ये छ वटालाई नेपालभित्र प्रशारण प्रतिबन्ध गर्न अनुरोध गरेको हो।

समाचार स्रोत उल्लेख नगरी ‘नेपालमा जातिय द्वन्द्व भड्काउन रुपा सुनारलाई युरोपेली युनियनले दियो डेढ करोड’ भन्दै ति ९ वटै अनलाईनले एउटै समान हेडलाईनमा हुबहु सो समाचार असार १० र ११ गते प्रकाशन गरेका थिए।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ असार १५, १७: ४६

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७८ असार १५, १७: ४६

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७८ असार १५, १७: ४६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...