
नयाँ बिकल्प,
दाङ- राप्ती राजमार्गको तुलसीपुर उपमहानगरपालिका ३ लाहुरेचौरमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
सल्यानबाट नेपालगन्ज जाँदै गरेको रा १ ख २४३९ न बस दुर्घटना हुँदा १० जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा सल्यान शारदा नगरपालिका २ बस्ने १९ वर्षीय अङ्कित वली, वडा नंं. २ कै १३ वर्षीय तुलसाराज जिएम, छत्रेश्वरी गाउँपालिका २ बस्ने २० वर्षीय अर्जुन नेपाली, सोही ठाउँका वृद्धिमान पुन, दार्मा गाउँपालिका वडा नं.३ का ५९ वर्षीय हस्त बुढाथोकी, छत्रेश्वरी गाउँपालिकाकी २५ वर्षीया जुनु योगी रहेको प्रहरी महेश खड्काले जानकारी दिए ।
बाँके फत्तेपुर ६ का ४ वर्षीया जुनिसा नेपाली, सोही ठाउँका २४ वर्षीया शारदा नेपाली, र तुलसीपुर उपमहानगरपालिका ५ रानीजरा बस्नेत ३१ वर्षीया पार्वती केसी रहेको प्रहरी खड्काले जानकारी दिए ।
घाइतेहरू सबैलाई अञ्चल अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
५० जना यात्रु सवार रहेको बस सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...