
नयाँ बिकल्प,
काठमाडौं – सवारी दुर्घटनामा परी मंगलबार साँझ बुटवलमा निधन भएका त्रिभुवन विश्वविद्यालयको खेलकुद निर्देशनालयका निर्देशक सहप्रा.डा. शंकर प्रसाद भण्डारीको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका सहोदर भाई शंकरको पार्थिव शारिरमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेता प्रदीप पौडेल लगायतले कांग्रेसको चार तारे झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए।

नेपाल विद्यार्थी संघ त्रि–चन्द्र कलेज क्याम्पस इकाईका पूर्वसभापति समेत रहेका भण्डारीको मंगलबार आफैले चलाएको कार दुर्घटना भएको थियो। भण्डारीको निधनप्रति कांग्रेसका नेताहरुले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनामा समबेदाना प्रकट गरेका छन्।

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...