कमिसनको गोलचक्करले कोरोना खोप आउन सकेन : सभापति देउवा – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

कमिसनको गोलचक्करले कोरोना खोप आउन सकेन : सभापति देउवा

नयाँ बिकल्प,

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कमिसनको खेलका कारण कोरोना खोप आउन नसकेको बताएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा विपक्षी गठबन्धनले लेखक तथा बुद्धिजीवीसँग आयोजना गरिएको अन्तरक्रियामा कमिसनको खेलका कारण कोरोना खोप आउन नसकेको कुरा मन्त्रीले नै बताएको भन्दै त्यसमा प्रधानमन्त्रीको पनि कनेक्सन रहेको देउवाको आरोप छ ।

देउवाले आफ्नो सरकार बनेको अवस्थामा पहिलो प्राथमिकता कोरोनाभाइरसविरुद्धको खोपलाई दिइने समेत बताए ।


प्रधानमन्त्री केपी शर्मा ओलीको धम्क्याइ र तर्साइसँग राणा र पञ्चायतसँग लडेका मान्छे कोहीसँग पनि नडराउने सभापति देउवाले बताए ।
‘ओलीजीले धम्क्याउने र तर्साउने काम गर्नुभएको छ,’उनले भने, ‘राणा र पञ्चायतसँग लडेका मान्छेको तर्सिन्छ यहाँ, कस्तो नबुझेको,’

प्रधानमन्त्री ओलीबाट अदालतका न्यायाधीशलाई पनि धम्की काम भएको भन्दै देउवाले आक्रोश पोखे । देउवाले एमाले वरिष्ठ नेता माधव नेपालमाथि अन्याय भएको बताएका छन् ।


यस्ते सभापति देउवाले छिमेकीले कसैको पक्षमा लाग्न नहुने बताएका छन् । छिमेकी कसैको खिलाफमा जाने र कसैको पक्षमा लाग्ने नहुने बताए ।

देउवाले भने, ‘हामीलाई छिमेकीको आवश्यकता छ । हामी छिमेकी बदल्न सक्दैनौं । तर हाम्रो आपसी कुरामा छिमेकीले किन पस्नुपर्यो भन्ने कुरा हो । छिमेकीबाट पक्षपात नहोस् । कसैको खिलाफमा जाने कसैको पक्षमा लाग्ने काम हुनुहुँदैन भन्ने हो ।’

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७८ असार १६, २०: ४३

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार १६, २०: ४३

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ असार १६, २०: ४३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...