
नयाँ विकल्प
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र, राष्ट्र र संविधानको मुख्य घातक नै केपी ओली प्रवृत्ति भएको बताएका छन् ।
प्रधानमन्त्री ओली प्रवृत्ति नै देश र देशवासीका लागि सबैभन्दा ठूलो घातक रहेकाले त्यसविरुद्ध एकजुट हुन नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीसँग बुधवार गरेको अन्तरक्रियामा अध्यक्ष दाहालले बताएका हुन्।
‘लोकतन्त्र, राष्ट्र, संविधानका निम्ति अहिलेलाई मुख्य घातक ओली प्रवृत्ति हो, त्यसका विरुद्ध हामी छौँ, ओलीकाविरुद्ध जाने हदसम्म तपाईसँग हो हामी तर तपाईँहररुभित्र पनि हामीले ओली देखेका छौँ, त्यसैले धेरै आशा छैन तर अहिलेको मुख्य समस्या ओली भएकाले त्यहाँसम्म हामीसँगै छौँ भन्ने ठान्छु , हाम्रो कार्यगत एकता भयो, ’अध्यक्ष दाहालले भने, ‘हामीले राम्रोसँग आत्मसात् गर्दा यो छलफल क्रिटिकल ढङ्गले अघि बढेकाले यो बढी फलदायी हुन्छ भन्ने मैले महसुस गर्छु ।’
अध्यक्ष दाहालले सरकार बन्नेबित्तिकै नागरिकलाई (कोभिड–१९) विरुद्धको खोप लगाउने, वर्तमान सरकारले गरेका अवैधानिक राजनीतिक नियुक्तिलाई बदर गर्ने लगायतका काम गर्ने उनको भनाइ थियो ।
काठमाडौं । सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै...
काठमाडौं : देशमा पश्चिमी वायुको प्रभाव बिस्तारै बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा वर्षा...
काठमाडौं : सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै...