एमाले विवादः दुवैपक्षका दाेस्राे तहका नेता छलफलमा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एमाले विवादः दुवैपक्षका दाेस्राे तहका नेता छलफलमा


नयाँ विकल्प,


काठमाडाैं- आन्तरिक विवाद उत्कर्षमा पुगेको सत्तारूढ नेकपा (एमाले)का दुबै पक्षका दोस्रो तहका नेताहरू फेरि छलफलमा जुटेका छन्।

ललितपुरस्थित एक होटलमा बिहीबार बिहान ८ बजेदेखि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच छलफल भइरहेको छ।

उक्त छलफलमा ओली समूहका तर्फबाट सुवास नेम्वाङ, बिष्णु पौडेल र शंकर पोखरेल सहभागी छन् भने खनाल-नेपाल समूहबाट घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे छन्। छलफल सकारात्मक रहेकाे र कुनै निष्कर्शमा नपुगेकाे छलफलमा सहभागि नेताहरूले बताएका छन् ।

यसअघि बुधबार बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको थियो।

उक्त बैठकले भोलि (शुक्रबार) केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। खनाल-नेपाल समूहका नेताहरूले भने बुधबारको निर्णय जाली र षडयन्त्रपूर्ण भएको बताएका छन्।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेता वेदुराम भुषाल र नेतृ रामकुमारी झाक्रीले केपी शर्मा ओलीले पार्टी एकताभन्दा पनि षडयन्त्र र जालझेलमै ध्यान बताएका छन् ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा २ सय ३ जना भन्दा बढी सहभागी गराउन नपाइने भन्दै उनले २ सय ६१ जनाको बैठक बोलाउन विधान विपरित हुने माधव पक्षकाे तर्क छ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७८ असार १७, ११: २०

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ असार १७, ११: २०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७८ असार १७, ११: २०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...