कांग्रेसमा क्रियाशील विवादः बॉके-१ मा खत्रीका कारण भाडभैलो ! – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

कांग्रेसमा क्रियाशील विवादः बॉके-१ मा खत्रीका कारण भाडभैलो !

राप्रपा अध्यक्ष कमल थापाका साथमा माधव राम खत्री ,,


नयाँ विकल्प,
काठमाडाै- नेपाली कांग्रेसकाे १४ औं महाधिवेश नजिकिदै गर्दा क्रियाशील सदस्यता वितरणकाे विवाद उत्कर्शमा पुगेकाे छ । नयाँ क्रियाशील सदस्यताको विषयलाई लिएर बाँके क्षेत्र न १ का सभापति माधब राम खत्रीले आफूले प्रतिनिधित्त्व गर्ने वडा राप्ती सोनारी वडा न १ मा भाडभैलो गराएका छ्न् ।

केन्द्रको निर्णय बमोजिम शतप्रतिशत क्रियाशील सदस्यता थप गरि वडाले सिफारिस गरेका १०६ नया क्रियाशील सदस्यता लाई केन्द्रमा इन्ट्री गर्नु पर्नेमा क्षेत्रीय सभापति ले आफू निकटका ८२ क्रियाशील सदस्यता इन्ट्री गराएको र २४ क्रियाशील सदस्यता फाराम गाएब गरिदिएका छ्न् ।

तेस्रो कार्यकाल का लागि क्षेत्रीय सभापतिको तयारी गरेका माधब राम खत्रीले वडाबाटै क्षेत्रीय प्रतिनिधिमा पराजित हुने महसुस गरेपछी २४ नया क्रियाशील फाराम गाएब गराएको पाइएको छ भने यसखालको बदमासी पुरै क्षेत्रका प्राय सबै वडामा गरेको खबर प्राप्त भएको छ ।

खत्री २ कार्यकाल क्षेत्रीय सभापति हुदा एउटा कार्यालय समेत स्थापना गर्न नसकी सिङ्गो क्षेत्रको कांग्रेसलाई झोलाबाट चलाएको,चरम गुट बन्दी गरेको,कार्यकताको सुख दुख मा साथ दिन नसकेको, आर्थिक अनियमिता गरेको,स्थानिय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसग लेबि उठाइ रकमको दुरुपयोग गरेको हिसाब माग्दा अनावश्यक दबाब दिने केन्द्रिय नेतृत्व सग अनावश्यक कुरा लगाउने गरेको आराेप उनी माथी लागेकाे छ ।

संविधान सभाका उम्मेदवार गजेन्द्र हमाल र नारायण सिग्देललाई सस्थागत अन्तर्घात गरेको, सामजिक संघ सस्थाहरु को निर्वाचनमा अन्य पार्टी सगको आर्थिक लेनदेनमा आफ्ना उम्मेदवार लाई हराउने गरेको आराेप समेत खत्रीमाथी लागेकाे छ ।

उनले २ कार्यकाल १० बर्षको समयमा पार्टी संगठनको हितमा हुने प्रसिक्षण,भात्री सस्थाहरुको सहि परिचालन गर्न नसकेको आदि कारण ले गर्दा कार्यकर्ता पंक्तिमा व्यापक असन्तुष्टि देखिएको हुदा क्रियाशील सदस्यता मा धादली गर्नुको विकल्प नदेखेको स्रोतले बतायो ।

केन्द्रको नीति निर्देशन बमोजिम नरैनापुर गा.पा. वडा न १,२,३ र ५ कोहलपुर नगरपालिका वडा न ८,१० र १२ नम्बर वडा ले सिफारिस गरेका पालिका र प्रदेश समितिले निर्णय गरेका क्रियाशील नियतबस इन्ट्री छुटाएको छ्न् ।

राप्तीसोनारी ६ मा किसान संघका क्षेत्रीय सभापति जुगलाल थारु र तरुण नेता अर्जुन बुढाथोकी को नाम मा टिपेक्स लगाइ अन्य ब्यक्ती को नाम थपेको । स्थानिय प्रेसबाट करिब ४०० थान क्रियाशील फाराम छपाइ क्षेत्रभरी जथाभावी बितरण गरेको ।

आफ्नो सहोदर भाइ बिजय के सि लगायत परिवारका सदस्यहरु जो राप्तीसोनारी १ मा पहिल्यै क्रियाशील सदस्य रहेका हरु लाई समेत प्रतिनिधि ल्याउने लोभमा फोरम लोकतान्त्रिकबाट नरैनापुरमा क्रियाशील भरेको ।

नयाँ प्रबेसी साथिहरु को नाममा जथाभावी क्रियाशील बाडेको पार्टी मा बर्षौदेखी योगदान गरेका तरुण दल,ने.बि संघ का केन्द्र देखि जिल्ला तह सम्ममा क्रियाशील साथिहरुको समेत राजनितिक जीवन समाप्त गर्ने काम को क्षेत्र भरी भन्डाफोर सुरु भएपछी केन्द्रिय नेतृत्व ले तुरुन्तै गल्ती सच्याउन चेतावनी दिए पछि क्षेत्रीय सभापति केहिदिन देखि काठमाडौंमा छ्न र आफुबाट गल्ती भएकोमा माफी माग्दै केन्द्रिय नेताहरुको दैलो दैलो मा पुगि आफुले गरेको गल्ती लाई केन्द्रवाट सच्यादिनुहुन अनुरोध गर्न थालेको पाइएको छ ।

खत्रीले बाँके क्षेत्र न १ मा ७ औं क्षेत्रीय सभापति को कार्यभार सम्हालेका माधब राम खत्रीको कार्यकाल मा जस्तो भाडभैलो यश अघि कहिल्यै पनि देखिएको थिएन कांग्रेसका पुराना र त्यागी अग्रज नेता हरु यसखाले गतिविधिबाट निरास र निष्क्रिय रहनुपरेको दुखेसो ब्यक्त गर्छ्न भने पार्टी संगठनमा अपुर्णिय क्षति पुग्ने देखिएको बताउँछ्न ।

कांग्रेसको केन्द्रिय नेतृत्व ले बेलैमा क्षेत्रीय सभापति माधब राम खत्रीले गरेका संगठन कम्जोर पार्ने गतिबिधी लाइ लगाम लगाउन सकेन भने पार्टिले ठूलो मूल्य चुकाउने निश्चित छ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७८ असार १८, १५: ४०

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ असार १८, १५: ४०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७८ असार १८, १५: ४०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...