लुम्बिनी सरकार अल्पमतमा, मुख्यमन्त्री पोखरेललाई राजीनामा दिन विपक्षीको माग – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

लुम्बिनी सरकार अल्पमतमा, मुख्यमन्त्री पोखरेललाई राजीनामा दिन विपक्षीको माग

नयाँ विकल्प,
काठमाडौं – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले फेरि अल्पमतमा परेका छन् । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको हो । लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना छन् ।
जसपाका चार सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो । तर, राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा ४१ जना सांसद मात्र हुन पुगेका छन् । सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४२ जना सांसद सरकारको विपक्षमा छन् ।

विपक्षी गठबन्धनले बहुमत गुमाएसँगै मुख्यमन्त्री पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन् । सरकार अल्पमतमा परेसँगै सरकारले प्रदेशसभामा पेश गरेको बजेट पारित नहुने सम्भावना बढेको छ । प्रदेशसभाको बैठक असार २७ गते डाकिएको छ ।

जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशकी नेतृ शर्मा रायमाझीले लुम्बिनी सरकारको राज्यमन्त्री पदबाट राजीनामा दिएकी छिन् । उनले आज जसपाको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेकी हुन् ।

उनले आफूलाई जसपाका प्रदेश सांसद सन्तोषकुमार पाण्डेले छलछाम गरी सरकारमा लगेको बताउँदै आफू जसपाको मूलधारमा रहेर पार्टीको नीति सिद्धान्त अनुसारको प्रतिगमनको विरुद्धमा सङ्घर्ष गर्ने घोषणा गरेकी छिन् । साथै उनले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पत्र लेखेर आफूमाथि गरिएको कारबाही फिर्ता लिन आग्रह गरेकी छिन् ।

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७८ असार १८, २२: १७

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार १८, २२: १७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ असार १८, २२: १७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...