प्रधानमन्त्रीमा देउवालाई नियुक्त नगर्नुको विकल्प छैनः वरिष्ठ अधिवक्ता न्यौपाने – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

प्रधानमन्त्रीमा देउवालाई नियुक्त नगर्नुको विकल्प छैनः वरिष्ठ अधिवक्ता न्यौपाने

नयाँ विकल्प
काठमाडौं – वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले प्रतिनिधिसभामा वहुमत भएको आधार प्रस्तुत गरेका सांसद शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरी विघटनतिर जाने अधिकार राष्ट्रपतिसँग नभएको बताएका छन् ।


सर्वोच्च अदालतमा सभामुखका तर्फबाट आइतबार वहस गर्नेक्रममा वरिष्ठ अधिवक्ता न्यौपानेले धारा ७६ (५) को व्यवस्था वहुदलीय प्रजातन्त्रप्रति प्रतिवद्ध दलका कुनै सदस्यले पाएको विशेष अधिकार भएको उनले बताए ।

देउवाले प्रतिनिधिसभामा १४९ जनाको हस्ताक्षर प्रमाणित गरेर राष्ट्रपति कहाँ बुझाएपछि अब अन्यथा हुनै नसक्ने बताए ।

धारा ७६ (३) अन्तर्गतको प्रधानमन्त्रीले उपधारा ४ मा नगई विघटन गर्ने निर्णय लिन नसक्ने भन्दै विश्वासको मत लिन नसक्दा राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्नेमा अवरुद्ध गर्ने काम गरियो भन्दै उनले प्रधानमन्त्री ओलीको दावी कुनै पनि कोणबाट जस्टिफाई हुन नसक्ने बताए ।

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७८ असार २०, २०: १६

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार २०, २०: १६

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ असार २०, २०: १६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...