
नयाँ विकल्प
काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकतामा देखिएको बाधा हटाउन प्रयास गरिरहेको बताएका छन् । पार्टी एकता जोगाउन आफू प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीतिर लागेको संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै उपाध्यक्ष गौतमले बताएका हुन् ।
‘अहिले पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो, पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु, केन्द्रीय कमिटीको बैठकले मलाई एकताको प्रयत्न गर्न जिम्मेवारी दिएको छ ।’ उनले भने,
उनले अहिले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एकआपसमा रिसाएको अवस्था रहेको भन्दै रिस शान्त नभएसम्म एकता जटिल रहेको सुनाए ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला दिएपछि पार्टी एकतामा सहजता हुने गौतमले बताए ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...