संविधानलाई पुनर्जीवन दिने कर्तव्य न्यायाधीशहरुको हातमा : कांग्रेस प्रवक्ता शर्मा – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

संविधानलाई पुनर्जीवन दिने कर्तव्य न्यायाधीशहरुको हातमा : कांग्रेस प्रवक्ता शर्मा


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानलाई पुनर्जीवन दिने कर्तव्य न्यायाधीशहरुको हातमा रहेको बताएका छन् ।

सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै कांग्रेस प्रवक्ता शर्माले अपेक्षा व्यक्त गरेका हुन् ।

‘संविधानको पुनर्जीवन दिने कर्तव्य न्यायाधीशहरुको हातमा छ,’ उनले भने, ‘न्यायको फैसला गरिदै गर्दा संविधानको चिसा अक्षरहरुलाई मात्रै भनएर समाजलाई पार्ने दुरगामी प्रभावलाई पनि केन्द्रमा राखिन्छ।’

नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले नेपालको संविधान मन नपरेको शक्तिलाई संविधान च्यात्नुपर्ने र त्यसको गोटीको रुपमा प्रधामन्त्री ओली प्रयोग भएको आरोप लगाए । संसद विघटन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली विदेशी शक्तिको मतियार भएको सुनाए ।

यस्तै कार्यक्रममा नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आगामी दिनमा राष्ट्रपति र प्रधानमन्त्री बनाउँदा एक अर्काको शक्ति सन्तुलनको हिसाबले पनि विचार गरिनुपर्ने बताइन् । अहिले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले गर्दा संविधान च्यातिएको र लाखौँको सपनामा तुषारापात भएको उनको भनाइ थियो ।

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७८ असार २०, २१: ४८

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार २०, २१: ४८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ असार २०, २१: ४८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...