
नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विद्युत आपूर्तिमा गडबडी हुने कुरा स्वीकार गरेका छन् । विद्युत आपूर्ति गर्दा विश्सनिय आपूर्ति हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।
४५६ मेगावाटको बालुवाटारबाट माथिल्लो तामाकोशी आयोजनाको भर्चुअल उद्घाटन गर्दै विद्युत सस्तोमा निर्यात गरेर आफ्ना उपभोक्तालाई महँगोमा बेच्न नहुने बताए ।
नेपालका उद्योगमा विद्युत उपभोगमा बढावा दिन बिजुलीको मूल्य घटाउन आवश्यक रहेको उनको भनाइ थियो । विधुत उत्पादन बढेसँगै बिजुलीको खपत बढाउँदा बुहआयामिक लाभ देशले नै प्राप्त गर्न सक्ने प्रधानमन्त्री ओलीले सुनाए ।
उनले तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु भएपछि खाना पकाउन विद्युतको प्रयोग बढाउने वातावरण पनि तयार हुने विश्वास व्यक्त गरे ।
उनले निर्माण अवधिको ब्याजतर्फ १८ अर्ब र लागत मात्रै १७ अर्ब गरेर ३५ अर्ब बढेको भन्दै तामाकोशी निर्माण गर्न लाग्ने लागत बराबरकै लागत बढ्नु दुःखको कुरा भएको बताए ।
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...