शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज सहित १५ कम्पनी कालोसूचीमा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज सहित १५ कम्पनी कालोसूचीमा


नयाँ विकल्प,


काठमाडाैं- शैलुङ इन्टरप्राइजेज सहित १५ कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अुनगमन कार्यालयले विभिन्न कार्यालयको सिफारिसका आधारमा चार कम्पनीहरुलाई दुई वर्ष र एघार वटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो ।

यी सबै कम्पनीहरूलाई असार २२ गते मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६३ को उपदफा(१) बमोजिम कालोसूचीमा राखेको हो।

कालोसूचीमा परेका उनीहरूले अबदेखि तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

शैलुङ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो ।

उक्त कम्पनीले तोकिएको समयमा रासायनिक मल खरिद नगरेपछि कृषि सामग्री कम्पनीले धरौटी रकम जफत गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालो सूचीमा राख्न सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार २२, १३: २४

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ असार २२, १३: २४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०७८ असार २२, १३: २४

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...