निर्वाचन आयोगको अन्तरक्रिया – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

निर्वाचन आयोगको अन्तरक्रिया


नयाँ विकल्प

काठमाडौं- निर्वाचन आयोगले राजनीतिक दलका लैङ्गिक तथा समावेशी सम्पर्क व्यक्तिसँग निर्वाचन सञ्चालन तथा व्यवस्थापन, राजनीतिक दल, आचार संहिता र राजनीतिक दलको भूमिका, लैङ्गिक तथा समावेशी नीति र समावेशी व्यवस्थापन लगायतका विषयमा अन्तरक्रिया गरेको छ।

संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएकोमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाललगायत १२ दलको सहभागीता रहेको उक्त कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र निर्वाचन सम्बन्धी कानूनमा भएको व्यवस्था अनुसार समावेशी प्रतिनिधित्व हुनुपर्ने दलको ध्यानाकर्षण गराए।

नेपालको संविधानले समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तमा आधारित राज्य व्यवस्थाको परिकल्पना गरेको सन्दर्भमा राजनीतिक दलको सङ्गठन संरचना र प्रतिनिधित्व पनि सोही बमोजिम व्यवस्थित हुनुपर्नेमा जोड दिए। आयुक्त डा।जानकी कुमारी तुलाधरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली जनता दल र नेपाल परिवार दलका प्रतिनिधिको सहभागिता रहेको आयोका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

सम्बन्धित समाचार

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०७८ असार २४, ०७: ५४

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...

रास्वपाका २० जना सांसद चीन प्रस्थान
रास्वपाका २० जना सांसद चीन प्रस्थान
  • २०७८ असार २४, ०७: ५४

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...

प्रधानमन्त्री शाहद्वारा छठ पर्वको शुभकामना, सुशासन र समृद्धिको लक्ष्यमा प्रेरणा मिल्ने विश्वास
प्रधानमन्त्री शाहद्वारा छठ पर्वको शुभकामना, सुशासन र समृद्धिको लक्ष्यमा प्रेरणा मिल्ने विश्वास
  • २०७८ असार २४, ०७: ५४

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री...