संस्थापन पक्षबाट हजारौं क्रियाशील सदस्यता वितरण नाममा चलखेल भएको पौडेल पक्षको निष्कर्ष – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

संस्थापन पक्षबाट हजारौं क्रियाशील सदस्यता वितरण नाममा चलखेल भएको पौडेल पक्षको निष्कर्ष


नयाँ विकल्प,


काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षबाट क्रियाशील सदस्यता वितरणमा चलखेल भएको बताएका छन् ।

महाधिवेशनलाई प्रभावित पार्ने गरी संस्थापन समूहले क्रियाशील सदस्यता वितरण गरेको उनको दावी छ ।

पौडेल समूहको बैठकले संस्थापन पक्षले अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेका नेता कार्यकर्तालाई आफूखुसी हजारौं व्यक्तिलाई क्रियाशील सदस्यता वितरण गरेको बिहीबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको बैठकमा निष्कर्ष निकालेको हो ।

उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिको सिफारिसमा अन्य पार्टीबाट कांग्रेसका प्रवेश गरेका केन्द्रीय नेताहरुलाई क्रियाशील सदस्यता दिने निर्णय भएको थियो ।

समायोजनका नाममा आएका क्रियाशील सदस्यतालाई लिएर छानविन समितिमा धेरैको उजुरी परेपछि पौडेलले पार्टी समायोजन समिति र क्रियाशील सदस्यता छानविन समितिमा रहेका आफूनिकट नेताहरुसँग छलफल गरेका हुन ।

बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, डा.रामशरण महत, शेखर कोइराला, मिनेन्द्र रिजाल लगायतका नेता सहभागी थिए ।

छलफलमा पार्टीको क्रियाशील सदस्यताको विषय कसरी टुंग्याउने भन्ने विषयमा नै छलफल भएको एक नेपताले जानकारी दिए । क्रियाशील सदस्य टुंगो नलगाईकन महाधिवेशनमा जान नसकिने ति नेताले बताए ।

महामन्त्री कोइराला अनुसार पार्टीको क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा भएको छ ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ असार २४, २०: १३

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७८ असार २४, २०: १३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७८ असार २४, २०: १३

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...