
नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको विहिबार बसेको बैठक बिना निष्कर्ष सकिएको छ ।
कार्यदलका नेताहरुले सहमती नजिक पुगको बताउँदै आएका थिए । तर, वार्तामा पछिल्लो १० दिनयता उल्लेख्य प्रगति नभएको कार्यदलका एक सदस्यले बताएका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा दोस्रो पटक बसेको बैठकले पनि कुनै निष्कर्ष निकाल्न नसकेपछि प्रगति शून्य भएको हो ।
पुनः भोली ११ बजे कार्यदलको बैठक बस्ने छ । नेता घनश्याम भुषालले १० दिनअघि एमाले विवाद जुन अवस्थामा थियो त्यो भन्दा बढि थप कुनै प्रगति नभएको जानकारी दिए ।
माधव नेपाल पक्षका नेताहरुले ओली पक्षका नेताहरु वार्ताका लागि इमानदार नदेखिएको आरोप लगाएका छन् ।
कार्यदलको बैठकपछि नेपाल पक्षका एक नेताले पार्टी एकताप्रति कुनै रुची नदेखाएका भन्दै यसो उसो गरेर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजेको ति नेताले आरोप समेत लगाए ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...