सुर्खेतमा अझै एक हप्ता निषेधाज्ञा – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

सुर्खेतमा अझै एक हप्ता निषेधाज्ञा


नयाँ विकल्प,

काठमाडौं – जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको हो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार असार ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा बढाइएको हो । कोरोना संक्रमितको संख्या क्रमिक रुपमा कम हुँदै गएतापनि पछिल्ला केही तथ्याङ्कले जोखिम उस्तै भएकाले सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै थप खुकुलो बनाउँदै निषेधाज्ञा थपिएको हो ।


अव औषधि र औषधिजन्य पदार्थको पसल र इन्धनका पम्पहरु २४ सै घण्टा सञ्चालन हुनेछन् । तरकारी फलफूल लगायत दूधजन्य पदार्थका पसल बिहान ६ देखि बेलुका ६ बजे सम्म खोल्न सकिने र खाद्यान्न पसल लगायत अत्यावश्यक सामग्रीको पसलहरु बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

होटल रेस्टुरेन्टहरुले क्षमताको ५० प्रतिशत सहित डेलिभरी सेवा मार्फत आफ्नो व्यवसाय सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । यस्तै बुधबार र बिहीबार १÷१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य सेवा निर्देशनालयले केही दिन अघिसम्म रुकुम पश्चिम, सल्यान, दैलेख, जुम्ला लगाएका जिल्लामा उच्च जोखिम कायमै रहेपनि सुर्खेतमा संक्रमण दर न्युन भएको बताएको थियो ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ असार २५, २०: ३६

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ असार २५, २०: ३६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ असार २५, २०: ३६

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...