
नयाँ विकल्प,
काठमाडौं – एमाले विवाद समाधान कार्यदलको बैठक शनिबार सहमतिनजिक पुगेको नेताहरुले पुनःदाबी गरेका छन् । शुक्रबार बसेको कार्यदलको बैठकपछि पनि सहमतिनजिक पुगेको बताएका थिए । एकताका लागि भन्दै कार्यदलको बैठक आइतबार अर्थात भोलि अर्को भाका राखेको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै माधव नेपाल पक्षका नेता एवम् कार्यदल सदस्य भीम रावलले बैठक करिब सहमतिको बिन्दु नजिक पुगेको पुनः दाबी गरे ।
सिंहदरबारमा बसेको कार्यदलको बैठकले सहमतिलाई अन्तिम रुप दिन नसकेपछि भोली अर्थात आइतबार बिहान ८ बजे पुनः बैठक बस्न लागेको हो ।
यद्यपि नेता रावलले धेरै कुरा मिलिसकेको जानकारी दिदैँ भोलि सुखद समाचार आउन सक्ने सुनाए । कार्यदलका एक सदस्यका अनुसार २ जेठ २०७५ मा फर्किने, एमाले पुनस्र्थापित भएपछि भएका निर्णयहरु फिर्ता लिने लगायतमा सहमति जुटेको छ ।
सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा मौन बस्न पनि अध्यक्ष केपी शर्मा ओली पक्ष तयार देखिएको छ ।यसअघि ओली पक्षले एमालेका २३ निवर्तमान सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान लिँदै आएको थियो ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले १८ असारमा पार्टी केन्द्रीय कमिटीको बैठक राखेर असार २२ गते साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए । तर नेपाल पक्ष त्यसमा सहमत छैन ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...