
नयाँ विकल्प,
काठमाडौं – जनता समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकताखारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवदेन दायर गरिएको छ ।
राष्ट्रिय जनता पार्टीका तत्कालिन उपाध्यक्ष राजकुमार थापाले वारेसमार्फत सर्वोच्च अदालत रिट दायर गरेका हुन् ।
तत्कालिन उपाध्यक्ष थापाले पार्टी एकता प्रारम्भदेखि नै त्रुटिपूर्ण, र मौजुदा संविधान ऐन, कानुन विपरीत भएकोले एकीकरण उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन् ।
कानुन विषय अध्ययनरत हृदयराज मिश्र वारेस बनेर पेश गरिएको रिटमा जनता समाजवादी पार्टीको एकिकरण खारेज गर्न माग गरिएको छ ।
‘संविधान विपरित गरिएको दल एकिकरण गर्ने निर्णय खारेज गरी नियम ४९ अन्तर्गत अन्तरिम आदेश समेत पाउन निवेदन गर्दछौं ’ रिटमा भनिएको छ,
निवदेनमा निर्वाचन आयोग र तत्कालीन राजपा नेपाल हाल जनता समाजवादी पार्टी द.नं १५९ ललितपुर, बालकुमारीलाई विपक्षी बनाइएको छ ।






भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...