उपेन्द्र यादव समूह संसदमा सत्तापक्षको कुर्सीमा बस्ने – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

उपेन्द्र यादव समूह संसदमा सत्तापक्षको कुर्सीमा बस्ने


नयाँ विकल्प,


काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) उपेन्द्र यादव पक्षको शनिबार बसेको संसदीय दलको बैठकले भोलिदेखि सुरु हुने संसदको बैठकमा सत्तापक्षमा बस्ने निर्णय गरेको छ ।

यसअघि जसपा विपक्षीको बेन्चमा बस्दै आएको थियो । यद्यपी महन्थ ठाकुर पक्षका सांसदहरु विपक्षमा बस्ने निर्णय हिजै गरेका थिए । यससँगै पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलमा बहुमत पुगेको दावी गरिएको छ ।


यसअघि उपेन्द्र यादव कार्यकारिणी समिति र राष्ट्रियसभामा बहुमतमा भएपनि संसदीय संसदीय दलमा ठाकुरको पक्षमा बहुमत देखिएको थियो ।

ओली सरकार ढल्नु अघिसम्म ३२ जना सांसदमध्ये महन्थ ठाकुरको पक्षमा २० जना सांसद थिए भने उपेन्द्र यादवको पक्षमा १२ जना मात्र थिए । अहिले उनको पक्षमा १९ जना सांसद पुगेको दावी गरिएको छ।

एमालेका साथमा विपक्षमा बस्ने निर्णय गरेसँगै संसदमा कसरी प्रस्तुत हुने विषयमा आजै महन्थ ठाकुर समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवासमा छलफल गरेको थियो ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ श्रावण २, २०: ५६

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ श्रावण २, २०: ५६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ श्रावण २, २०: ५६

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...