
नयाँ विकल्प,
काठमाडौं – कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा प्रतिनिधिसभामा एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गरेका छन् ।
यस्तै केपी ओली पक्षका प्रेम आले पनि देउवालाई विश्वासकोमत दिने लाइनमा देखिएका छन् । नेपाल पक्षका सांसद मेटमणि चौधरीले २३ सांसदले विश्वासको मत दिन लागेको दावी गरे ।
यसअघि केही नेपाल पक्षीय सांसद भोट नहाल्ने भन्दै बाहिरिएका थिए । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर चार सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् । एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको बताए।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...