नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका १० जना नेताले समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उदेश्यले पार्टीको मर्म माथि नै प्रहार गरेको आरोप लगाएका छन् ।
केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त वक्तव्य जारी गर्दै कांग्रेसका निष्ठावान कार्यकर्ताको आत्मसम्मानमा प्रहार गरिएको बताएका हुन् ।
वक्तव्यमा भनिएको छ ‘समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि नैं प्रहार गरेको छ र आफ्नो सर्वस्व सुम्पेका साथीहरूको आत्मसम्मानमा प्रहार गरेको छ । यसलाई तुरुन्त रोक्नु पर्दछ ।’
पार्टीमा नयाँ सदस्यहरुको आगमन हुनु आवश्यक भएपनि कांग्रेसका पुराना कार्यकर्तालाई विस्थापित गर्नेगरी समायोजनका नाममा विधि विपरीत बाँडिएका सदस्यताले पार्टीको मर्ममाथि प्रहार हुने वक्तव्यमा उल्लेख छ ।
‘कांग्रेसका लाखौं कार्यकर्ताहरु पार्टीको कृयाशिल सदस्यतालाई आफ्नो ठूलो राजनीति पुँजी ठान्दछन्, कार्यकर्ताको यस्तो भावना र संवेदनालाई
नेतृत्वले बुझ्न र कदर गर्न सक्नु पर्दछ, आज कृयाशिल सदस्य सम्बन्धि बिवाद पार्टी केन्द्रीय कार्यालयसम्म आईपुगेर धर्ना र आमरण अनसनसम्म पुगेको छ, यो गम्भीर बिषय हो, विधि र प्रक्रिया नाघेर जथाभावी बितरण गरिएका कृयाशिल सदस्यताले हामीलाई बलियो बनाउँदैन ।’ वक्तव्यमा भनिएको छ
प्रेस वक्तव्य
मिति : २०७८ साउन ५ गते मंगलबार
नेपाली कांग्रेस आफ्नो चौधौं महाधिवेशनको संघारमा छ । महाधिवेशनको तयारी कै दौरानमा राष्ट्रिय राजनीतिको बागडोर समेत कांग्रेस कै काँधमा आईपरेको छ । गत आमनिर्वाचनबाट फराकिलो बहुमत सहित सत्तारूढ भएको नेकपाको अन्तरकलह र जनबिरोधी अलोकतान्त्रिक गतिविधिको परिणामस्वरुप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिपक्षी गठबन्धनको नेतृत्व गरि सरकारको समेत नेतृत्व गर्नु पर्ने विशेष परिस्थिति निर्माण भई हाल कांग्रेस नेतृत्वको सरकार गठन भई बिश्वासको मत समेत प्राप्त भईसकेको छ । यसले नेपाली कांग्रेसलाई नेपाली राजनीतिको मियो र मुल अभिभावकको रुपमा पुनःस्थापित गरिसकेको छ ।
समय र परिस्थितिले पार्टीको काँधमा आएको राष्ट्रिय अभिभारा पुरा गर्नु अहिलेको कांग्रेसको प्रमुख कर्तव्य पनि हो । बितेका साढे तीन बर्ष यता ओली सरकारको निरंकुश व्यवहारले नेपाली जनतामा बढाएको निराशा अन्त्य गर्दै कष्टकर हुदै गएको दैनिकीमा सुधार गरि सरकारप्रति जनतालाई आस्वस्त तुल्याउनु नयाँ सरकारको दायित्व समेत हो ।
राष्ट्रिय राजनीति संकटउन्मुख भएको, नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि समाप्त हुन लागेको जटिल घडीमा अन्य राजनीतिक दलहरुले समेत नेपाली कांग्रेसलाई बिश्वास गरि देशको अभिभारा सुम्पेको बेला पार्टीका साथीहरूले आफ्नैं नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गर्नु पर्छ । साथै धर्ना, अनसन र आमरण अनसनस बस्नु पर्ने बाध्यताको सधैका लागि अन्त्य हुनुपर्दछ भन्ने हाम्रो मान्यता छ ।
इतिबेला चौधौं महाधिवेशनको प्रारम्भिक तयारीका क्रममा उठेका विभिन्न प्रश्नहरु र केही जिल्लाका साथिहरुका गतिविधिले हाम्रो ध्यान तानेको छ । मुख्य गरि पार्टी महाधिवेशनका प्रारम्भिक मतदाताको रुपमा रहेका कृयाशिल सदस्यहरुको बिवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको छ । हामीसँग समयको सुविधा छैन र उपलब्ध समय समेत साँघुरिदै गएको छ । यस्तो बेलामा कृयाशिल सदस्यको बिवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत हुदैन ।
पार्टी बिधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय समितिको निर्णय बिपरित गरिने कार्यले कसैको भलो गर्दैन । प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा लागेर सर्वस्व गुमाएका कांग्रेसका लाखौं कार्यकर्ताहरू पार्टीको कृयाशिल सदस्यतालाई आफ्नो ठूलो राजनीति पुँजी ठान्दछन् । कार्यकर्ताको यस्तो भावना र संवेदनालाई नेतृत्वले बुझ्न र कदर गर्न सक्नु पर्दछ । आज कृयाशिल सदस्य सम्बन्धि बिवाद पार्टी केन्द्रीय कार्यालयसम्म आईपुगेर धर्ना र आमरण अनसनसम्म पुगेको छ ।
यो गम्भीर बिषय हो । विधि र प्रक्रिया नाघेर जथाभावी बितरण गरिएका कृयाशिल सदस्यताले हामीलाई बलियो बनाउँदैन । समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रकृया बाहिरबाट बितरण गरिएका कृयाशिल सदस्यताले पार्टीको मर्ममाथि नैं प्रहार गरेको छ । र आफ्नो सर्वस्व सुम्पेका साथिहरुको आत्मसम्मानमा प्रहार गरेको छ । यसलाई तुरुन्त रोक्नु पर्दछ । हामीलाई थाहा छ, पार्टीमा नयाँ
सदस्यको आगमनले संगठनात्मक शक्ति बढ्छ र यो आवश्यक पनि छ ।
नयाँ सदस्यको उपयुक्त व्यवस्थापन पार्टीको दायित्व हो । तर एकैचोटी पुराना साथिहरुको बिस्थापन हुने गरि जथाभावी गर्नु हुदैन । यसको हामीले सदैव ख्याल गर्नु पर्दछ । तसर्थ नेपाली कांग्रेसको कृयाशिल छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा
र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरुको बिधिसंगत र तार्किक समाधान गर्न हाम्रो आग्रह छ ।
१. डा.चन्द्र भण्डारी
२. धनराज गरुब
३. कमला पन्त
४. रत्ना शेरचन
५. गगन थापा
६. बद्री पाण्डे
७. गुरुराज घिमिरे
८. सरिता प्रसाईं
९. रामकृष्ण यादव
१०. किरण यादव
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...