जोन्सनको खोप लगाएपछि धादिङमा एक वृद्धको मृत्यु – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

जोन्सनको खोप लगाएपछि धादिङमा एक वृद्धको मृत्यु

नयाँ विकल्प,

काठमाडौं – धादिङको नीलकण्ठ नगरपालिकामा अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको जानसेन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ ।


जोनसन एण्ड जोनसन खोप लगाएको झण्डै पौने तीन घण्टापछि वुद्धको मृत्यु भएको हो । जिल्लाको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको झण्डै पौने तीन घण्टा पछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक वुद्धले आज सुनौला बजार स्वास्थ्य केन्द्रमा साढे ११ बजे तिर खोप लगाएका थिए । खोप लगाएपछि आधा घण्टा जति खोप केन्द्रमा आराम गरेपछि घर गएका थिए ।

घरपरिवारका अनुसार त्यसको झण्डै एकघण्टा पछि उनी बेहोस भएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याएकोमा उपचारका क्रममा २ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

वृद्ध क्रोनिक डाइबेटिजका बिरामी थिए । यद्यपि, उनको खोप लगाएकै कारण वा अन्य कारणले मृत्यु भएको हो भन्ने चाहिँ अझै खुल्न सकेको छैन ।

शाखाका प्रमुख डा. झलक शर्मा गौतमले ‘खोप लगाएका एक वृद्धको मृत्यु भएको खबर आएको छ । तर, खोप लगाएर नै उनको मृत्यु भएको हो या होइन भन्ने अहिले भन्न सकिन्न ।

यसका लागि हामीले टोली घटनास्थलमा पठाइसकेका छौँ । टोलीले अध्ययन गरेपछि मात्र ठोस कुरा भन्न सकिन्छ ।’

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ श्रावण ८, २१: १६

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७८ श्रावण ८, २१: १६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७८ श्रावण ८, २१: १६

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...