संसदमा टेबुल गरिएको अध्यादेश टुङ्गो नलगाइ अर्थ मन्त्रालयको कामले गति लिन सक्दैनः मन्त्री शर्मा – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

संसदमा टेबुल गरिएको अध्यादेश टुङ्गो नलगाइ अर्थ मन्त्रालयको कामले गति लिन सक्दैनः मन्त्री शर्मा


नयाँ विकल्प,


काठमाडौं – अर्थ मन्त्री जनार्दन शर्माले बजेट हुने योजना नहुने, योजना हुने बजेट नहुने अवस्था अन्त्य गर्नुपर्नेमा पनि आफू सचेत रहेको बताएका छन् ।


शुक्रवार अर्थ मन्त्रालयमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पदाधिकारी तथा पूर्वपदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले देशको अर्थतन्त्रको यथार्थता आम नेपाली नागरिकलाई जानकारी गराउने बताए । उनले मन्त्रालय नागरिकलाई सहजीकरण गर्ने निकाय जस्तो नभएकोमा असन्तुष्टि व्यक्त गर्दै त्यसलाई पुनर्संरचना गरेर अघि बढ्ने योजना पनि सार्वजनिक बताए।


संसदमा टेबुल गरिएको अध्यादेश टुङ्गो नलगाइ अर्थ मन्त्रालयको कामले गति लिन नसक्ने उनको भनाइ थियो । अर्थ मन्त्री शर्माले आर्थिक अध्यादेश संसदबाट टुङ्गो लगाएर मात्रै अर्थ मन्त्रालयको कामलाई प्रभावकारी ढङ्गले अघि बढाउन सकिनेमा जोड दिए ।

उनले मन्त्रालयका सबै कामलाई पारदर्शी ढङ्गले अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण ८, २२: ४६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण ८, २२: ४६

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ श्रावण ८, २२: ४६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...