पाँच महिने बालिकाको हत्या – Naya Bikalpa
August 26, 2026, Wednesday      Epaper

पाँच महिने बालिकाको हत्या

नयाँ विकल्प

नवलपुर- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ। जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँच महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेका थिए। पिँढीमा फालिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको गिरीले बताए।

घटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको गिरीले जानकारी दिए।

सम्बन्धित समाचार

संसद्‌मा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
संसद्‌मा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
  • २०७८ श्रावण १०, ०९: ४८

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १...

पार्टीले कारबाही गरेको व्यक्तिले गरेको सम्झौता अवैधानिक, सत्ताका लागि माओवादीले गणतन्त्र र संघीयता नै त्याग्यो
पार्टीले कारबाही गरेको व्यक्तिले गरेको सम्झौता अवैधानिक, सत्ताका लागि माओवादीले गणतन्त्र र संघीयता नै त्याग्यो
  • २०७८ श्रावण १०, ०९: ४८

काठमाडौं : बागमती प्रदेशमा नयाँ सत्ता समीकरणसँगै बनेको सरकार र त्यससँग जोडिएको समझदारी–पत्रमाथि गम्भीर राजनीतिक प्रश्न उठ्न थालेको छ ।...

मनसुनयता सरदरभन्दा कम वर्षा
मनसुनयता सरदरभन्दा कम वर्षा
  • २०७८ श्रावण १०, ०९: ४८

काठमाडौं : यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले...