उपत्यकामा १० दिन निषेधाज्ञा थपियो – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

उपत्यकामा १० दिन निषेधाज्ञा थपियो

नयाँ विकल्प,


काठमाडौं – उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थप भएको छ । आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

साउन १० सम्म जारी गरिएको निषेधाज्ञालाई पुनः निरन्तरता दिइएको छ । साउन १ गतेबाट जारी निषेधाज्ञा आज आइतबार राति १२ बजे सकिँदैछ।

भोलि देखि जारी हुने थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भीडभाड हुने कार्यक्रमहरु सञ्चालन गराउन नपाइने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने बैठकले निर्णय गरेको छ । त्यसैगरी कुनै पनि शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति नदिइने भनिएको छ ।

यसैगरी स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन। निषेधाज्ञामा साबिककै नियमहरु लागू गरिएको छ ।

उपत्यकामा निषेधाज्ञा लम्ब्याइए पनि निषेधाज्ञा निषेधाज्ञाजस्तो छैन । पूरै खुकुलो छ । सार्वजनिक, निजी सबै सवारी सञ्चालनमा रहेका छन् ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ श्रावण १०, २०: ०३

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ श्रावण १०, २०: ०३

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ श्रावण १०, २०: ०३

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...