
नयाँ विकल्प,
काठमाडौं – नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा फेल भएका ‘डाक्टर’ विजय श्याम रंजित कीर्ते आरोपमा पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका वडा नं २ का ३६ वर्षीय रंजितलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार पक्राउ गरेको हो ।
काउन्सिलबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि चाहिने दर्ता प्रमाणपत्रको प्रवेश परीक्षामा फेल भएका उनले काउन्सिलको स्थाई दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्रमा कीर्ते गरेर काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखतसमेत गरेको उजुरी परेको थियो ।
उनलाई महाराजगंजबाट पक्राउ ब्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...