
नयाँ विकल्प
काठमाडौं – आर्थिक वर्ष २०७७ र ७८मा चुहावट बढ्दा नाफा दोब्बरले घटेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् ।
गत वर्ष ११ अर्ब ६ करोड नाफा कमाएको प्राधिकरणले गत आर्थिक वर्ष २०७७ र ७८मा नाफा ५ अर्बमा झर्ने अनुमान गरिएको छ ।
चुहावट बढ्दा नाफामा असर परेको नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई प्राधिकरणमा स्वागत गर्दै शाक्यले यस्तो बताएका हुन् ।
सुख्खा मौसममा प्राधिकरणका आयोजनाहरुबाट उत्पादन घटेको कारण पनि नाफा खुम्चिएको बताए ।
स्वागत ग्रहण गर्दै मन्त्री भुसालले प्राधिकरणको नाफा खुम्चिनु र चुहावट बढेकाले जिम्मेवार भएर काम गर्न निर्देशन दिइन् ।
उनले कार्यकारी निर्देशक शाक्यले १६.३ प्रतिशतमा चुहावट पुगेको भनेपनि चुहावाट त्यो भन्दा बढी रहेको दावी गरिन् । चुहावाटको दर फेरि बढेर १७ प्रतिशत नाघेको आफ्नो सूचनामा रहेको उनले बताइन ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...