
नयाँ विकल्प,
काठमाडौं – १० दिनदेखि हराइरहेकी धादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ किरानचोककी २० वर्षीया युवती सम्झना रोकाको शव आइतबार भेटिएको छ ।
साउन १ गते घरबाट हराएकी २० वर्षीया सम्झना रोकाको शव घरबाट एक सय मिटर टाढा कुकुरपानी जङ्गलमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले बताएका छन् ।
घरबाट हराएपछि इलाका प्रहरी कार्यालय गजुरीमा खोजी गर्न परिवारले निवेदन दर्ता गराएका थिए । आज युवतीको शव सडेको अवस्थामा भेटिएको हो ।
घटनाको बारेमा छानबिन गर्न परिवार र छिमेकीले प्रहरीसँग आग्रह गरेका छन् । शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको छ ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...