
नयाँ बिकल्प,
काठमाडौं । नेकपा माओबादी केन्द्रका नेता तथा पूर्वममन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी चुनौतीको रूपमा आइरहेको वातावरणीय समस्याका कारण हरेक समुदायले भोग्नु परेको समस्यालाई समाधान गर्न खाँचो रहेको बताएका छन्।
शनिबारबाट प्रदेश २ को महोत्तरी जिलाको गौशाला, बर्दिबास र भंगाहा नगरपालिकाबाट शुरु भएको हरित अभियानकोे प्रथम चरणमा ३ लाख बृक्षरोपण गर्ने धारणा व्यक्त गर्दै यस्तो अभियानमा आबद्ध हुन चाहने सरोकारवाला संघ, संस्था, क्लब, समूहलाई आह्वान गरेका हुन् ।
नेपालमा जलवायु परिवर्तनले गर्दा मनसुनी प्रणालीमा आएको फेरबदल र उत्पन्न भएन समस्या हरु सँग जुध्न विभिन्न तहबाट प्रयास आवश्यक भएको अवस्थामा, हरित अभियान एउटा मुख्य प्रयास को रूपमा समुदाय स्तर बाटै स्वतः स्फूर्त रूपमा सञ्चालन गर्न र स्थानीय सरकारको अपनत्व सुनिश्चित गर्नका लागि यो अवधारणाको विकास गरिएको पोखरेलले बताए ।

‘चुरे क्षेत्रमा बढिरहेको बन विनाश, अनियन्त्रित भू(उपयोग, अव्यवस्थित विकास निर्माण तथा अत्याधिक उत्खनन जस्ता मानवीय क्रियाकलापले गर्दा चुरेको वातावरणमा निरन्तर ह्रास भएको र यसको प्रत्यक्ष असरले तराईको उर्वर भूमिलाई मरुभुमिकरण गरिरहेको देखिन्छ’ पोखरेलले भने।
उनले चुरेलाई दीर्घकालीन रूपले संरक्षण गर्नको लागी नदीको माथिल्लो तटीय क्षेत्र, मध्य तटीय क्षेत्र तथा तल्लो तटीय क्षेत्रका समुदायहरूको बिचमा भावनात्मक तथा सकारात्मक विचारको विकास हुनु जरुरी रहेको बताए।

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...