सरकारले बालबालिकाका लागि ६० लाख मात्रा कोभिड खोप ल्याउँदै – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

सरकारले बालबालिकाका लागि ६० लाख मात्रा कोभिड खोप ल्याउँदै

नयाँ विकल्प,

काठमाडौं – सरकारले असोजदेखि चैतसम्म ३ करोड २३ लाख मात्रा कोरोनाविरुद्धको खोप प्राप्ती गर्ने जानकारी दिएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले असोजदेखि चैतसम्म ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुने बताएका हुन् ।


यस्तै बालबालिकाका लागि ६० लाख मात्रा कोरोना विरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाएको समेत उनले जानकारी दिए।

१२ वर्षदेखि माथिका बालबालिकाहरुका लागि खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. लोहनीले बालबालिकाका लागि खोप ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

यद्यपि सरकारले चैतसम्म ४ करोड २८ लाख ४८ हजार बढी मात्रा खोप प्राप्त हुने प्रक्षेपण गरेको छ । सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १५ लाख जनसंख्यालाई खोपको प्राथमिकतामा पारेको थियो । त्यसमा बालबालिका परेका थिएनन् ।

तर अहिले १२ देखि १८ वर्षसम्मका ४९ लाख बालबालिका समेत गरी २ करोड ६४ लाख जनालाई खोप दिने लक्ष्य सरकारले राखेको छ ।

असोज मसान्तभित्रै १ करोड ५ लाख ४८ हजार मात्रा खोप प्राप्त गर्ने डा। लोहनीले जानकारी दिए । जापानबाट १६ लाख डोज एक्स्ट्राजेनेका खोप भदौको पहिलो साता नेपाल आइपुग्ने भएको छ । यस्तै कोभ्याक्सबाटै ३ लाख ४८ हजार डोज खोप भदौको चौंथो साता नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै चीनबाट साउनको अन्तिम हप्ताभित्र १६ लाख डोज खोप नेपाल भित्रिने डा। लोहनीले बताए । यो खोप अनुदान र खरिद प्रक्रियाबाट ल्याइने उनले बताए ।

चीनबाट भदौ मसान्तसम्म ६० लाख डोज खोप नेपाल भित्रिने उनको दाबी छ । यस्तै भारतबाट प्राप्त गर्न बाँकी १० लाख डोज कोभिसिल्ड खोप भदौ दोस्रो सातासम्म आइपुग्ने डा।लोहनीले बताए । लोहनीका अनुसार २० प्रतिशत कोभ्याक्स खोप निःशुल्क प्राप्त हुँदैछ ।

जुन १ करोड १३ लाख मात्रा हो । बालबालिकाहरु चैत्र मसान्तसम्म फाइजरको ६० लाख मात्रा खोप नेपालले प्राप्त गर्ने डा.लोहनीको दाबी छ ।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ श्रावण ११, २०: ४२

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ श्रावण ११, २०: ४२

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ श्रावण ११, २०: ४२

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...