एसईई नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

एसईई नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी


नयाँ विकल्प,

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ ।

यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय ९ कक्षा १० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले जानकारी दिए ।

सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदैले कुनै प्राविधिक कठिनाइ नआए आउँदो शुक्रवारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने उनले बताए । त्यसको एक हप्ताभित्रमा नतिजा सार्वजनिक उनको भनाइ छ ।

कार्यालयका अनुसार २०७७ सालको एसईई परीक्षाका लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिस्ट्रेशन फारम भरेका थिए ।

कोरोना महामारीका कारण वैशाख २७ गते एसईई परीक्षा स्थगित भएको थियो ।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ श्रावण १३, १९: २८

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ श्रावण १३, १९: २८

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ श्रावण १३, १९: २८

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...