
नयाँ विकल्प,
काठमाडौं – अर्थ मन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आउँदो असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
बुधवार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग अर्थ मन्त्रालयमा छलफल गर्ने क्रममा उनले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न गरे ।
खोप खरिदका लागि बजेटको कुनै कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन–जुन देशबाट खोप लिन सकिन्छ, अहोरात्र वार्ता गरी खोप भित्र्याउन आग्रह गरेका छन् ।
असोजभित्र खोप दिन सकिएन भने देशको अर्थतन्त्रसमेत धरापमा पर्न सक्ने भन्दै उनले खोप खरिदका लागि बजेटको कमी हुन नदिने बताए। मन्त्री शर्माले प्राप्त भएका खोपसमेत लक्षित समुदायलाई दिने कार्यमा ढिलाइ भएको प्रति असन्तुष्टि जनाएका छन् ।
छलफलमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने प्रतिक्रिया बताए ।
प्राप्त भएका खोप लगाउनका लागि कार्ययोजना बनाइएको र अब योजनाबद्ध रुपले खोप कार्यक्रमले गति लिने राज्यमन्त्री श्रेष्ठले बताए ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...